+

दोस्रो वार्म अप खेलमा नेपालले कतारलाई हरायो

२०८२ असोज  २० गते १९:४० २०८२ असोज २० गते १९:४०
दोस्रो वार्म अप खेलमा नेपालले कतारलाई हरायो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा कतारलाई १६ रनले हराएको छ।
  • नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो।
  • नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए।

२० असोज, काठमाडौं । नेपाली क्रिकेट टोलीले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको दोस्रो वार्म अप खेलमा पनि जित हासिल गरेको छ ।

सोमबार बेलुका सम्पन्न खेलमा नेपालले कतारलाई १६ रनले हराएको हो । नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ६ विकेट गुमाएर १५४ रन मात्र बनाउन सक्यो ।

मुहम्मद तनभिरले ५१ तथा कप्तान मिर्जा बेगले ४० रन बनाए । नेपालका करण केसीले ३ तथा नन्दन यादव, दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १७० रन बनाएको थियो । ओपनर कुशल भुर्तेलले ३३ बलमा ५६ रन बनाए । त्यस्तै दीपेन्द्रसिंह ऐरीले ३८ तथा कुशल मल्लले अविजित ३८ रन बनाए ।

कतारका मुनिर साद र इक्रमुल्लाह खानले २-२ विकेट लिँदा आरिफ उल्लाह र मुजीब उर रेहमानले १-१ विकेट लिए ।

यसअघि नेपालले पहिलो वार्म अप खेलमा ओमानलाई हराएको थियो ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय