+
+
Shares

चाडपर्वमा उपभोग्य वस्तुमा अधिकतम खुद्रा मूल्य अनिवार्य राख्न विभागको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते ११:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले व्यवसायीहरूलाई अधिकतम खुद्रा बिक्री मूल्य र मूल्य सूची अनिवार्य राख्न पुनः सचेत गराएको छ।
  • विभागले तिहारको समयमा भाइ मसला, तामा–चाँदीका भाँडाकुँडा, विद्युतीय सामग्रीमा एमआरपी लेबल नराखिएको पाइएको बताएको छ।
  • उपभोक्ताहरूले खरिद गर्दा मूल्य सूची वा एमआरपी लेबलको यकिन गर्न र गुनासो भए टोल फ्री नम्बर ११३९ मा सम्पर्क गर्न विभागले आग्रह गरेको छ।

२७ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा स्वच्छ प्रतिस्पर्धा र उपभोक्ता अधिकारको सुनिश्चितताका लागि व्यवसायीहरूलाई अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्य सूची अनिवार्य राख्न पुनः निर्देशन गरेको छ ।

विभागले नियमित बजार अनुगमनका क्रममा धेरैजसो सामानहरूमा एमआरपी र मूल्यसूची नराखेको पाइएको भन्दै राख्नका लागि आग्रह गरेको हो ।

विभागका अनुसार विशेषगरी तिहारको समयमा अत्यधिक खपत हुने भाइ मसला, तामा–चाँदीका भाँडाकुँडा, झिलिमिली बनाउने विद्युतीय सामग्री तथा अन्य दैनिक उपभोग्य वस्तुहरूमा एमआरपी लेबल वा मूल्य सूची नराखिएको पाइएको छ ।

यस्तो अवस्थाले उपभोक्ताहरूलाई ठगिन सक्ने र बजारमा मूल्य अनियमितता बढ्ने जोखिम रहने विभागको भनाइ छ ।

विभागले चाडपर्वको अवधिमा माग र आपूर्तिबीच सन्तुलन कायम राख्दै मूल्य स्थिरता कायम गर्न लागिपरेको बताएको छ । यस प्रयासमा व्यापारिक संघसंस्था, व्यवसायी, उपभोक्तावादी संघ–संगठन तथा स्वयं उपभोक्ताहरूको सक्रिय भूमिका अपरिहार्य रहेको विभागले जोड दिएको छ ।

उपभोक्ताहरूलाई पनि सचेत भई खरिद गर्न विभागले आग्रह गरेको छ । कुनै पनि वस्तु खरिद गर्नुअघि त्यसको अधिकतम खुद्रा बिक्री मूल्य लेबलमा भए–नभएको वा मूल्य सूची स्पष्ट राखिएको भए–नभएको यकिन गरेर मात्र खरिद गर्न स्मरण गराइएको छ ।

यदि बजारमा कुनै गुनासो वा मूल्य अनियमितता पाइएमा उपभोक्ताहरूले विभागको टोल फ्री नम्बर ११३९ मा सिधै सम्पर्क गरी जानकारी गराउन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?