+
+
Shares

एमआरपी र मूल्यसूची नराख्ने १५ पसललाई ३ लाख ६५ हजार जरिबाना

वाणिज्य विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई ३ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • विभागले २९ फर्म तथा पसलको अनुगमन गर्दा अधिकतम खुद्रा बिक्री मूल्य र मूल्यसूची नराख्ने फर्मलाई जरिबाना गरेको हो।
  • काठमाडौंका विभिन्न स्थानका पसललाई ५ हजारदेखि १ लाख रुपैयाँसम्म जरिबाना गरिएको छ भने १४ फर्मलाई सामान्य निर्देशन दिएको छ।

२७ असोज, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ फर्म तथा पसललाई जरिबाना गरेको छ भने १३ वटालाई सामान्य निर्देशन दिएको छ ।

विभागले नियमित अनुगमन अन्तर्गत आइतबार २९ फर्म तथा पसल अनुगमन गरेको थियो । विभागको अनुगमन टोलीले अनुगमन क्रममा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) र मूल्यसूची नराख्ने १५ फर्मलाई ३ लाख ६५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागले काठमाडौं महानगरपालिका–१३ स्थित केके मेटल स्टोरलाई १ लाख रुपैयाँ जरिबाना तिराएको छ ।

यस्तै काठमाडौं–२७ को श्रद्धा भाँडा पसल, काठमाडौं–२४ को प्रकाश बानियाँ भाँडा पसल र काठमाडौं–२४ को बानियाँ बन्धु भाँडा पसललाई जनही ५० हजार रुपैयाँ जरिबाना गरिएको छ ।

यसैगरी विभागको अनुगमन टोलीले काठमाडौं–१० को अग्नि हस्तकला उद्योग, काठमाडौं–२० को जल्पा सुपर मार्केट प्रालि र डब्लू एस ड्राई फुड्सलाई जनही २० हजार जरिबाना तिराएको छ ।

त्यस्तै ललितपुर महानगरपालिका–१९ को लगन ताम्राकार सपिङ सेन्टर, काठमाडौं–१३ को बानियाँ किचन क्राफ्ट र माँ भवानी खाद्य किराना स्टोरलाई जनही १० हजार जरिबाना तोकिएको छ ।

यसैगरी विकास जनरल इम्पेक्स, जय भोलेनाथ स्टोर, बालभक्त श्रेष्ठ, ताम्राकार स्टोर र मुस्कान स्टोरलाई जनही ५ हजार रुपैयाँ जरिबाना गरिएको छ । यस्तै विभागले अन्य १४ फर्म तथा पसललाई सामान्य निर्देशन मात्रै दिएको छ ।

लेखक
अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?