
News Summary
Generated by OK AI. Editorially reviewed.- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ।
- यस अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ खर्ब १० करोडले बचतमा रहेको देखिन्छ।
- भदौसम्म १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ जुन गत वर्षको तुलनामा कम हो।
२८ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ)सम्म शोधनान्तर स्थिति १ खर्ब ५३ अर्ब ६८ करोड रुपैयाँले बचतमा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार यस्तो बचत अघिल्लो वर्षको सोही अवधिको तुलनामा धेरै हो । गत आर्थिक वर्ष २०८१/८२ को भदौसम्म शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ७७ करोडले बचतमा थियो । मुलुकबाट बाहिरिने विदेशी मुद्राको तुलनामा भित्रने रकम बढी हुँदा शोधनान्तर स्थिति निरन्तर बचतमा छ ।
निश्चित समयावधिभित्र आवासीय र गैरआवासीय व्यक्ति–संस्थाबीच भएका आर्थिक तथा वित्तीय कारोबारको सारांश नै शोधनान्तर स्थिति हो । शोधनान्तर बचत भएमा बाह्य क्षेत्र कारोबारबाट विदेशी मुद्रा आप्रवाह बढ्छ भने घाटा भएमा विदेशी मुद्रा बाहिरतिर प्रवाह बढी हुन जान्छ ।
शोधनान्तर खाताले चालु खाता र पूँजी तथा वित्तीय खातामा गैरआवासीय व्यक्ति तथा संस्थासँग भएको कारोबारलाई समेट्छ । यस महिनासम्म रेमिट्यान्स आप्रवाह उल्लेख्य भएको छ । निर्यात वृद्धिमा समेत छलाङ जारी छ । आयात औसत देखिएको छ । पर्यटकबाट हुने आय समेत बढ्दा त्यसले शोधनान्तर बचतमा योगदान गरेको छ ।
यस अवधिमा अमेरिकी डलरमा शोधनान्तर स्थिति १ खर्ब १० करोडले बचतमा रहेको देखिन्छ । भदौसम्म चालु खाता १ खर्ब ३० अर्ब ६९ करोडले बचतमा रहेको छ । गत आवको दुई महिनामा चालु खाता ५४ अर्ब ४१ करोडले बचतमा थियो । अमेरिकी डलरमा ९३ करोडले चालु खाता बचतमा छ ।
यस अवधिमा खुद पूँजीगत ट्रान्सफर २ अर्ब २० करोडले बचतमा छ । गत आवको यसै अवधिमा यस्तो रकम १ अर्ब २० करोड थियो । भदौसम्म १ अर्ब २७ करोड प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । अघिल्लो वर्ष यस्तो रकम २ अर्ब ७१ करोड भित्रिएको थियो ।
प्रतिक्रिया 4