+
+
Shares

मधेशमा कांग्रेस र एमालेबाहेक दलको सरकार बनाउन बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २८ गते २१:३२
लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सो बैठकमा सहभागी छन् ।

२८ असोज, जनकपुरधाम । मधेशमा नयाँ सरकार गठनको लागि नेपाली कांग्रेस र नेकपा एमाले बाहेकका दलहरूको बैठक पनि जारी छ । जसपा नेपाल, जनमत, नेकपा माओवादी केन्द्र, लोसपा नेपाल र एकीकृत समाजवादी  दलबीच छलफल चलिरहेको छ ।

बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर समेत सहभागी छन् । सहभागी एक नेताका अनुसार कांग्रेस र एमाले बाहेकको विकल्पको सरकार बनाउने गरी प्रयास भइरहेको छ । बैठकमा जसपाबाट मनिष सुमन सहभागी छन् भने अन्य दलका दलका नेताहरू सहभागी छन् ।

लोसपाको नेतृत्वमा सरकार बनाउने गरी विमर्श जारी रहेको ती नेताको भनाइ छ । १०७ सदस्य प्रदेशसभा सरकार बनाउन ५४ सिट आवश्यक छ । जसपा नेपालको १९, जनमतका १३, नेकपा माओवादी केन्द्र र लोसपाका ९–९, नेकपा एकीकृत समाजवादीको ७ सिट छ । यस आधारमा तीन दल मिलाएर ५७ सिट पुग्छ । जसमध्ये लोसपाका एकजना सांसद निलम्बित छन् । यधपी यस अनुसार सरकार बनाउन सकिन्छ ।

मधेशमा कांग्रेस संसदीय दलका नेता कृष्ण प्रसाद यादवको नेतृत्वमा सरकार बनाउन एमाले र जनमतले समेत कसरत गरिसकेको छ । गत असोज २२ गते यी तीन दलका दलका नेताले ५८ प्रदेश सांसदको समर्थन आफूसँग रहेको दावी पेश गरेको थियो । यधपी प्रदेश प्रमुखले आह्वान नगरको र मुख्यमन्त्री सतिश सिंहले ३० दिन भित्र विश्वासको मत लिने समय रहेकै भन्दै त्यो दावी असंवैधानिक रहेको थियो ।

आज पनि कांग्रेस र एमालेले त्यसको लागि जनमतलाई मिलाएर मन्त्रालयको भागवण्डा गरी भोलि दावी पेश गर्ने प्रयास जारी राखेको छ ।

मधेशमा एमालेको २५, कांग्रेसको २२ सिट छ । नागरिक उन्मुक्ति, राप्रपा र संघीय समाजवादी पार्टीको १–१ सिट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?