+
+
Shares

निराश हुँदै ट्रम्पले भने – एक हप्तामा सकिनुपर्ने युद्धमा पुटिन ४ वर्षदेखि बसिरहेका छन्

ट्रम्पले अगाडि थपे, ‘यो युद्ध उनका लागि पनि धेरै नराम्रो सावित भएको छ। उनी चार वर्षदेखि यो युद्धमा फसिरहेका छन्, जुन एक हप्तामा सकिनुपर्ने थियो ।’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १०:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनप्रति निराशा व्यक्त गर्दै यूक्रेन युद्धलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा विनाशकारी घटना भने।
  • ट्रम्पले पुटिनले करिब दश लाख सैनिक गुमाएको र चार वर्षदेखि युद्धमा फसेको बताए।
  • ट्रम्पले यूक्रेनलाई टोमहक मिसाइल पठाउने सम्भावना र अर्जेन्टिनाका लागि २० अर्ब डलर आर्थिक सहायता घोषणा गरे।

२९ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी नेता भ्लादिमिर पुटिनप्रति आफ्नो निराशा व्यक्त गरेका छन्। उनले यूक्रेनमा जारी युद्धलाई दोस्रो विश्वयुद्धपछिको सबैभन्दा घातक र विनाशकारी घटना भनेका छन्।

ह्वाइट हाउसमा अर्जेन्टिनाका राष्ट्रपतिका साथ लञ्चका क्रममा ट्रम्पले भने, ‘म निकै निराश छु किनभने पुटिन र मेरो राम्रो सम्बन्ध थियो। सम्भवतः अझै छ। मलाई थाहा छैन उनले यो युद्ध किन जारी राखेका छन्।’

ट्रम्पले अगाडि थपे, ‘यो युद्ध उनका लागि पनि धेरै नराम्रो सावित भएको छ। उनी चार वर्षदेखि यो युद्धमा फसिरहेका छन्, जुन एक हप्तामा सकिनुपर्ने थियो ।’

ट्रम्पका अनुसार पुटिनले करिब दश लाखभन्दा बढी सैनिक गुमाएका छन्। यी टिप्पणीहरू यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको उनको भेटभन्दा केही दिनअघि आएका हुन्, जहाँ अमेरिकाले सैन्य तथा आर्थिक सहयोगबारे केही नयाँ निर्णय गर्नेछ ।

अमेरिकी प्रशासनले यूक्रेनलाई अमेरिकी टोमहक लामो दूरीका क्रुज मिसाइल पठाउनेबारे पनि विचार गरिरहेको छ। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘साँचो कुरा भन्नुपर्दा, मलाई टोमहकबारे रूससँग कुरा गर्नुपर्ने हुनसक्छ। यदि यूक्रेनसँगको विवाद सुल्झिएन भने म ती मिसाइल पठाउन तयार थिएँ।’

उक्त भोजका क्रममा ट्रम्पले अर्जेन्टिनाका लागि २० अर्ब डलरको आर्थिक सहायताको घोषणा पनि गरे। उनले आफ्नो विगतको कूटनीतिक सफलताहरूको प्रशंसा गर्दै भारत–पाकिस्तानबीचको तनाव घटाउनुमा आफूले गरेको कामको उदाहरण पनि उल्लेख गरे।

उनले भने, ‘मैले थुप्रै द्वन्द्व समाधान गरें। भारत–पाकिस्तानमा ठूलो मृत्युको जोखिम थियो, तर हामीले राम्रो काम गर्‍यौं। पुटिनले पनि आफ्नो युद्ध समाधान गर्नु पर्छ।’

(एजेन्सीहरूको सहयोगमा)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?