+

कतार फिफा विश्वकप २०२६ का लागि छनोट

२०८२ असोज  २९ गते ११:३२ २०८२ असोज २९ गते ११:३२
कतार फिफा विश्वकप २०२६ का लागि छनोट

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतारले संयुक्त अरब इमिरेट्सलाई २-१ हराउँदै फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ।
  • कतारका बौआलेम खुकी र पेड्रो मिगेलले दोस्रो हाफमा हेडर गोल गरेका थिए।
  • कतारले पहिलोपटक छनोट खेल्दै विश्वकपमा स्थान बनाएको हो र समूह ए मा शीर्ष स्थानमा छ।

२९ असोज, काठमाडौं । कतारले संयुक्त अरब इमिरेट्स (यूएई)लाई २-१ हराउँदै फिफा विश्वकप २०२६ का लागि छनोट भएको छ। कतारका लागि खेलको दोस्रो हाफमा बौआलेम खुकी र पेड्रो मिगेलले हेडर गोल गरेका थिए।

दोस्रो हाफको ४९औं मिनेटमा खुकीले अकराम अफिफको फ्री किक हेड गर्दै गोल गरे। ७४औं मिनेटमा पेड्रो मिगेलले हेडर गोल गरेका थिए। इन्जुरी समयमा यूएईका सुल्तान आदिलले सान्त्वना गोल गरे । कतार ८७औँ मिनेटमा तारिक सलमानलाई रेड कार्ड देखाएपछि १० खेलाडीमा सीमित भयो।

सन् २०२२ मा आयोजको हैसियतले विश्वकप खेलेको कतारले छनोटमा खेलेर पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

कतार एसियाली छनोटको समूह ए मा शीर्ष स्थानमा रहेको छ। यूएई दोस्रो स्थानमा रहेर अर्को चरण र प्लेअफमा पुगेको छ। ओमान तेस्रो स्थानमा रहेर बाहिरिएको छ।

फिफा विश्वकप २०२६
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय