+
+
Shares

राप्रपाको कार्यसम्पादन समिति बैठकमा रवीन्द्र पक्षधर पनि सहभागी भएनन्

महामन्त्री डा.धवलशमसेर राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर बहिष्कार गर्ने पूर्व जानकारी दिएका थिए । राणा पक्षका नेताहरु कार्यसम्पादन समितिमा उपस्थित भएनन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १७:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्षका सात जना सदस्यसहित अनुपस्थित भएका छन्।
  • महामन्त्री धवलशमसेर राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर बैठक बहिष्कार गर्ने पूर्व जानकारी दिएका थिए।
  • रवीन्द्र मिश्रले पार्टीको पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुम्दै गएको भन्दै सामाजिक सञ्जालमा आफ्नो धारणा व्यक्त गरेका छन्।

२९ असोज, काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्यसम्पादन समितिको बैठकमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पनि अनुपस्थित भएका छन् ।

महामन्त्री डा.धवलशमसेर राणा पक्षले अध्यक्ष राजेन्द्र लिङ्देनलाई पत्र लेखेर बहिष्कार गर्ने पूर्व जानकारी दिएका थिए । राणा पक्षका नेताहरु कार्यसम्पादन समितिमा उपस्थित भएनन्।

बैठकमा वरिष्ठ उपाध्यक्ष मिश्र पक्षका नेताहरु पनि सहभागी भएनन् । ५२ सदस्यीय कार्यसम्पादनमा मिश्र पक्षका सात जना छन् ।

पार्टी अध्यक्षको शैलीप्रति लक्षित गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले बैठक सकिए लगत्तै सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् । प्रजातन्त्र÷लोकतन्त्रमा पार्टी नबनि देश बन्दैन नबन्ने उल्लेख गर्दै मिश्रले पार्टी बनिदेओस् भन्ने एकमात्र कामना गरेको बताएका छन्।

‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टता गुमाउँदै गएर सबै पार्टीको विश्वसनीयतामा अत्यधिक ह्रास आउनु ठूलो चिन्ताको विषय हो,’ मिश्रले सामाजिक सञ्जालमा लेखेका छन् ।

राप्रपाका नेताहरुको दाबी अनुसार कार्यसम्पादन समितिमा बहुमत सदस्य अनुपस्थित थिए । राप्रपाका एक नेताले भने,‘मुख्य सचिव र स्थायी आमन्त्रित समेत गरेर २२ जना बैठकमा सहभागी थिए । बहुमत सदस्यले बैठक बहिष्कार गरे ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?