
News Summary
Generated by OK AI. Editorially reviewed.- मितेरी डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ।
- बैंकले १२ करोड १७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रस्ताव गरेको छ।
- लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ।
३० असोज, काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले सेयरधनीलाई गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकले १२ करोड १७ लाख रुपैयाँ बराबर नगद लाभांश प्रस्ताव गरेको छ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र साधारणसभाबाट पारित भएपछि वितरण हुनेछ । हाल यस बैंकको सेयर मूल्य प्रतिकित्ता ५५५ रुपैयाँ हाराहारीमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4