+
+
Shares

पाकिस्तानी रक्षामन्त्रीले भने : अफगानिस्तान भारतका लागि छद्‌म युद्ध लड्दैछ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १४:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान भारतका हितका लागि छद्‌म युद्ध लडिरहेको आरोप लगाएका छन्।
  • पाकिस्तान र अफगानिस्तानले ४८ घण्टे युद्धविराममा सहमति जनाएका छन्।
  • रक्षामन्त्री आसिफले भने- हामीसँग अफगानिस्तानको कुनै पनि भागमा बमबारी गर्ने क्षमता छ ।

३० असोज, काठमाडौं । पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले अफगानिस्तान भारतका हितका लागि ‘छद्‌म युद्ध’ लडिरहेको आरोप लगाएका छन् ।

बुधबार राति पाकिस्तानी टेलिभिजन जियो न्यूजसँगको अन्तर्वार्तामा रक्षामन्त्री आसिफले भने, ‘अफगानिस्तान अहिले भारतका लागि छद्‌म युद्ध लडिरहेको छ ।’

भारतको स्वार्थमा अफगानिस्तान प्रयोग भएको पाकिस्तानी रक्षामन्त्री ख्वाजाको आरोप छ ।

पाकिस्तान र अफगानिस्तानका अधिकारीहरूले हिजो बुधबार दुबै पक्ष ४८ घण्टे युद्धविरामका लागि सहमत भएको जानकारी दिएका थिए ।

अफगानिस्तानको तालिबान सरकारकै आग्रहमा ४८ घण्टे युद्धविराम भएको पाकिस्तानी अधिकारीहरूको दाबी छ ।

तर, तालिबानका प्रवक्ताले  भने सामाजिक सञ्जालमा एक्समा पोस्ट गर्दै युद्धविराम पाकिस्तानकै आग्रहमा लागू गरिएको बताएका थिए ।

काबुलमा पाकिस्तानले गरेको भनिएको हवाई आक्रमणबारे सोधिएको प्रश्नमा रक्षामन्त्री आसिफले भने, ‘म यसबारे धेरै कुरा गर्न चाहँदिन, तर हामीसँग अफगानिस्तानको कुनै पनि भागमा बमबारी गर्ने क्षमता छ ।’

उनले थप भने, ‘यदि उनीहरूले यो युद्धलाई अझ बढाए भने, हामी पूर्ण शक्तिका साथ त्यसको जवाफ दिनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?