
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक ३० असोजमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ।
- बैठकमा १५ औं महाधिवेधनको तयारी, जेनजी प्रदर्शन, प्रतिनिधिसभा विघटन र निर्वाचनबारे छलफल हुनेछ।
- जेनजी आन्दोलनपछिका कार्यालय पुननिर्माण, शान्ति सुरक्षा, प्राकृतिक विपत् र कार्यसम्पादन समितिका निर्णयहरू अनुमोदन गर्ने एजेन्डा छ।
३० असोज, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । बैठक निर्धारित समयभन्दा भण्डै दुई घण्टा ढिलोगरी सुरु भएको हो ।
कार्यबाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बैठक चलिरहेको हो ।
२८ गतेबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा आजदेखि एजेन्डामा छलफल हुनेछ ।
बैठकमा १५ औं महाधिवेधनको तयारीका बारेमा छलफल हुनेछ । मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने र गर्न नसकिने दुईथरी मत पार्टीमा छ । बैठकको थप एजेन्डामा जेनजी प्रदर्शन र विकसित राजनीतिक घटनाक्रम रहेको छ ।
जेनजी आन्दोलनपछि पहिलोपटक बस्न लागेको केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटन र घोषित निर्वाचनका बारेमा छलफल हुनेछ ।
जेनजी आन्दोलनको दोस्रो दिनमा तोडफोड र आगजनी भएका केन्द्रीय कार्यालयसहित सबै कार्यालायको पुन निर्माणको छलफल बैठकमा हुनेछ ।
बैठकका थप एजेन्डामा मुलुकको शान्ति सुरक्षा, प्राकृतिक विपत्, कार्यसम्पादन समितिको निर्णयहरू अनुमोदन, विविध लगायत छन् ।
प्रतिक्रिया 4