
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तोकेको छ, जुन अघिल्लो दिनभन्दा ७ हजार १ सय रुपैयाँ बढी हो।
- विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला ४३ हजार रुपैयाँले बढेको छ, भदौ ३० गते २ लाख १५ हजार रुपैयाँ थियो।
- अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर पुगेपछि नेपाली बजारमा पनि सुन र चाँदीको मूल्य बढिरहेको छ।
३१ असोज, काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ७ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ५० हजार ९ सय रुपैयाँ तोकिएको थियो ।
विगत एक महिनामा नेपाली बजारमा सुनको भाउ प्रतितोला करिब ४३ हजार रुपैयाँ बढेको छ । भदौ ३० गते सुनको भाउ प्रतितोला २ लाख १५ हजार २ सय रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेपछि नेपाली बजारमा प्रभाव परिरहेको छ । शुक्रबारको सुनको मूल्य हालसम्मकै उच्च हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य प्रतिऔंस ४३७० अमेरिकी डलर हाराहारीमा पुगेको छ । एक औंस बराबर २.४३ तोला हुन्छ।
त्यस्तै चाँदीको मूल्य पनि बढिरहेको छ । शुक्रबार अघिल्लो दिनको तुलनामा प्रतितोला ७५ रुपैयाँले चाँदी महँगिएको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँमा चाँदीको कारोबार भएकोमा आज ३ हजार ३५० रुपैयाँ पुगेको छ।
प्रतिक्रिया 4