+
+
WC Series
Nepal
0/0
VS
Samoa
0/0
Shares

आधारभूत तहका कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्रीको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १२:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले आधारभूत तहका प्रहरी कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन निर्देशन दिएका छन्।
  • मन्त्री अर्यालले आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनमा प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो।
  • गृहमन्त्रीले विपद् उद्धारमा खटिने प्रहरीलाई धन्यवाद दिँदै सेवा प्रवाह सुधार र प्रविधि उपयोगमा जोड दिनुभएको छ।

३१ असोज, काठमाडौं । आधारभूत तह (जवान, सहायक हवल्दार, हवल्दार र वरिष्ठ हवल्दार)का कर्मचारीको मनोबल उकास्ने कार्यक्रम ल्याउन गृहमन्त्री ओमप्रकाश अर्यालले निर्देशन दिएका छन् ।

७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा शुक्रबार भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।

‘भीड तहमा खटिने आधारभूत दर्जाका प्रहरी कर्मचारीहरुले नेपाल प्रहरी संगठनको मात्रै नभई नेपाल सरकारको नै प्रतिनिधित्व गर्ने हुनाले ती प्रहरी कर्मचारीहरूको कार्य उत्प्रेरणा र सेवा प्रवाहको स्तरबाट नागरिकमा प्रहरीप्रतिको धारणा निर्माण हुन्छ,’ मन्त्री अर्यालले भने ।

जसकारण आधारभूत तहका प्रहरी कर्मचारीको मनोबल उकास्नुपर्ने उनले बताए ।

‘तसर्थ ती प्रहरी कर्मचारीहरूको मनोबल उकास्ने र क्षमता अभिवृद्धि गर्न संगठनको तहबाट हुने कार्यक्रमहरू पहिचान गर्न र मन्त्रालय तथा नेपाल सरकारबाट हुनुपर्ने कार्यहरूको सम्बन्धमा संगठनको तर्फबाट प्रस्ताव गर्नुहुन प्रहरी महानिरीक्षकज्यु प्रति मेरो आग्रह छ,’ उनले भने ।

त्यस्तै आगामी फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचनलाई गराउनु पर्ने दायित्व पनि प्रहरीसँग रहेको उल्लेख गर्दै उनले शान्ति सुरक्षाको लागि पर्याप्त स्रोत साधन उपलब्ध नभएमा कार्यसम्पादन प्रभावित हुनेमा गृह मन्त्रालय र वर्तमान सरकार सचेत रहेको उल्लेख गरे ।

प्रहरीलाई साधन स्रोत युक्त बनाउन गृह मन्त्रालयले गम्भीरताका साथ पहल गर्ने उनले बताए ।

‘गत असोज १७ गतेदेखिको अविरल वर्षाका कारण सिर्जित विपद्‌मा जनधनको ठूलो क्षति भएको छ । त्यस विपद्‌को घडीमा  आफ्नो ज्यान जोखिममा राखेर क्षति न्यूनीकरण विपद्‌ उद्धार तथा राहत वितरण लगायतका कार्यमा खटिने कर्मठ प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद दिन चाहन्छु,’ मन्त्री अर्यालले भने ।

नेपाल प्रहरीको जिम्मेवारी बोध र कर्तव्य परायणतामा प्रश्न नरहेता पनि केही सीमित प्रहरी कर्मचारीहरूका आचरण व्यवहार र सेवा प्रवाहका विविध पक्षमा सुधार आवश्यक देखिएको भन्दै त्यसलाई जनमैत्री बनाउनुपर्ने उनले बताए ।

प्रविधिसँग प्रभावकारी मिश्रण गरी छिटो छरितो र गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्नुपर्नेमा पनि उनले जोड दिए । ‘वर्तमान विश्वमा भएका नवीनतम आविष्कारहरू प्रविधिमा देखिएको द्रुत विकास र यसको बढ्दो प्रयोगले नयाँ प्रकृतिका अपराधहरू मौलाएका छन् । जसले गर्दा अपराध अनुसन्धान कार्य थप चुनौतीपूर्ण हुँदै गएको छ,’ उनले भने ।

त्यसैले अपराधका खिलाफ तयारी बढाउँदै वर्तमान र भविष्यमा हुन सक्ने चुनौती र अपराधको रोकथाम तथा सफल अनुसन्धान गर्न सक्ने हिसाबले नेपाल प्रहरी हरदम तयार हुनुपर्ने उनले बताए ।

नेपाल प्रहरीलाई साधन स्रोतले सुसूचित बनाए देश र नागरिक सुरक्षा सुदृढ बनाउनु गृह मन्त्रालयको प्रमुख प्राथमिकतामा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?