+
+
WC Series
Nepal
211/4 (20)
VS
९८ बलमा १९२ रन आवश्यक
Samoa
20/1 (3.4)
Shares

बास्कोटाको प्रश्न- अहिलेको सरकारलाई चीन र भारत दुवैको समर्थन छ, हाम्रो कूटनीति के हो ?

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १५:२५

३१ असोज, काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले वर्तमान सरकारलाई दुई छिमेकी राष्ट्र चीन र भारतले समर्थन गरेको भन्दै नेपालले यसअघि जारी राखेको कूटनीतिबारे प्रश्न गरेका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठकमा आफ्ना धारणा राख्ने क्रममा बास्कोटाले नेपालको कूटनीतिक सम्बन्धबारे प्रश्न गरेका हुन् ।

‘वर्तमान सरकारलाई चीन र भारत दुवैतिरबाट समर्थन भयो । हाम्रो कूटनीति के हो ? हिजोसम्म त दुवैतिर हाम्रो राम्रो सम्बन्ध छ भन्ने थियो,’ बास्कोटाले भने, ‘यो वितण्डाबाट बनेको सरकारलाई भारत र चीन दुवैले समर्थन गर्‍यो । हाम्रो कूटनीतिक सम्बन्ध के भएको हो ?’

त्यस्तै, संसद् पुनर्स्थापना वा चुनाव कतातिर जाने हो प्रष्ट पार्नुपर्ने पनि बताए ।

‘संसद् पुनर्स्थापना हो भने पुनर्स्थापना भन्नुपर्‍यो । चुनाव हो भने चुनाव भन्नुपर्‍यो । पुनर्स्थापना हो भने सडकमा गइहाल्नुपर्‍यो । दुवै एकैचोटी नभनौं,’ उनले भने ।

नेपालमा संसद् विघटन भएका घटनाहरू हुँदा ठूला नेताहरू चीन भ्रमण गएर आएपछि हुने गरेको भन्दै उनले प्रश्न गरे ।

‘६ पटक संसद् विघटन भयो, जसमध्ये दुईपटक हामीले गर्‍यौं । पहिला वीपी कोइराला चीन भ्रमणबाट फर्किएर आएपछि भयो । अहिले पनि चीनबाट फर्किएर आएपछि संसद् विघटन भयो । यो के भएको हो ?,’ बास्कोटाको प्रश्न छ ।

पार्टीमा दुई कार्यकालको व्यवस्था अध्यक्ष केपी शर्मा ओलीले नै गरेको भन्दै उक्त निर्णय भत्काउन नहुने बताएका छन् ।

‘दुई कार्यकालको व्यवस्था तपाईंले नै गरेको हो । तपाईंले नै बनाएको बाटो भत्काउँदै हिँड्ने हो भने अरुले के भन्छ ? तपाईंले इतिहास बनाउनुभयो । त्यो चाहीँ दुई कार्यकाललाई राखेर तपाईंले इतिहास जोगाउनुपर्छ,’ उनले भने ।

उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण नभएकोबारे कारण माग पनि गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?