+
+
WC Series
Nepal
211/4 (20)
VS
९८ बलमा १९२ रन आवश्यक
Samoa
20/1 (3.4)
Shares

कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा ७३ लाख अनियमितता, वडाध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियारले जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते १६:५७

३१ असोज, धनगढी । कैलालीमा मृत्यु भइसकेका व्यक्तिको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेर ७३ लाख रुपैयाँ अनियमितता गरेको अभियोगमा वडाध्यक्षसहितका आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकी गाउँपालिका–९ को वडा कार्यालयले छ सय ८३ जना लाभग्राहीको आफैंले औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता निकासा गरेर अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको जनाएको छ ।

जानकी गाउँपालिका–९ का वडाध्यक्ष खकेन्द्र भण्डारी समेतका आठ जनालाई प्रतिवादी बनाइएको भ्रष्टाचार मुद्दामा अख्तियारले ७३ लाख ३७ हजार ६२७ रुपैयाँ बिगो माग दाबी गरेको छ ।

अख्तियारले जारी गरेको प्रेस विज्ञप्तिमा वडाध्यक्ष भण्डारी, वडा सचिव प्रेमबहादुर बुढा र  कार्यालय सहयोगी सोनम कठरिया समेतको योजनामा मृत्यु समेत भइसकेका लाभग्राहीको प्रत्येक वर्ष नवीकरण गराएर, नवीकरण नभएकाहरुको हकमा समेत आफैं औंठा छाप लगाएर सामाजिक सुरक्षा भत्ता वितरण गरेर अनियमितता गरिएको उल्लेख छ ।

वडा सचिवले दाहिने हातको बुढी औंलाको औँठा छाप २८० र माझी औंलाको औठाछाप १९९ गरेर ४७९ थान औठाछाप लगाएको, कार्यालय सहयोेगी कठरीयाले दायाँ औलाको औठाछाप २०४ थानमा लगाएको राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको उल्लेख छ ।

नवीकरण गर्न नआएको व्यक्तिको हकमा झुट्टा विवरण बनाएर बजेट निकासा गरिएको दाबी छ । मृत्यु दर्ता भइसकेका व्यक्तिको नाममा मात्र सामाजिक सुरक्षा भत्ता वाफत १५ लाख ५० हजार रुपैयाँ बुझेको उल्लेख छ ।

यो प्रकरणमा वडा सदस्यहरु कल्पना खड्का, सुनकोसा सार्की, बिजय बहादुर रावल, शेर बहादुर विश्वकर्मा, खरिदार पूर्णबहादुर बिष्ट समेतलाई प्रतिवादी बनाइएको छ । उनीहरु मध्ये वडाध्यक्ष, वडा सचिव, तत्कालीन खरिदार र कार्यालय सहयोगीसँग बिगो माग दाबी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?