+
+
Shares
बक्सअफिस :

‘जेरी अन टप’लाई दुई दिनमा ४७ हजार दर्शकले हेरे, कमाइ कति छ ?

दुई दिने ग्रस कलेक्सन १ करोड ५८ लाख

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २ गते १४:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म 'जेरी अन टप'ले प्रदर्शनको दुई दिनमा १ करोड ५८ लाख ९७ हजार ६१८ रुपैयाँ ग्रस कमाइ गरेको छ।
  • शुक्रबार २६० शोजमा २१ हजार २९४ र शनिबार २८५ शोजमा २६ हजार ४३३ जना दर्शकले फिल्म हेरेका छन्।
  • फिल्मले पहिलो दिन ७२ लाख ५९ हजार ४०८ र दोस्रो दिन ८६ लाख ३८ हजार २१० रुपैयाँ ग्रस कमाएको छ।

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले प्रदर्शनको दुई दिनमा सुखद कमाइ गरेको छ ।

बक्सअफिसमा शुक्रबार ७२ लाख ५९ हजार ४०८ रुपैयाँ ग्रस कमाइ गरेको फिल्मले शनिबार ८६ लाख ३८ हजार २१० नेरु ग्रस कमायो ।

फिल्मको दुई दिने ग्रस कलेक्सन १ करोड ५८ लाख ९७ हजार ६१८ नेरु ग्रस हुन आउँछ ।

शुक्रबार २६० शोजसहित प्रदर्शनमा आएको फिल्मलाई पहिलो दिनमा २१ हजार २९४ जना दर्शकले हेरेका छन् । दुई दिनमा फिल्मलाई ४७ हजार ७२७ जना दर्शकले हेरे ।

शनिबार २८५ शोजमा प्रदर्शन भएको फिल्मलाई २६ हजार ४३३ जना दर्शकले हेरेको बक्सअफिस विवरणमा उल्लेख छ ।

चलचित्र विकास बोर्डले बक्सअफिसको विवरण प्रत्येक आइतबार सार्वजनिक हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?