+
+
Shares

कारागारबाट फरार एक कैदी आफ्नै घरमा मृत भेटिए

पोखरा महानगरपालिका वडा नम्बर २६ बरालडाँडाका ५५ वषीय देवबहादुर विश्वकर्माले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ३ गते १३:४८

३ कात्तिक, पोखरा । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कास्की कारागारबाट भागेका एक कैदीबन्दी मृत भेटिएका छन् ।

पोखरा महानगरपालिका वडा नम्बर २६ बरालडाँडाका ५५ वषीय देवबहादुर विश्वकर्माले आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

श्रीमतीको हत्या गरी २५ वर्ष कैद सजाय तोकिएका विकले ४ वर्षमात्रै कैद भुक्तान गरेका थिए । जेनजी आन्दोलनका क्रममा कास्की कागागारबाट सबै कैदीबन्दी भागेका थिए ।

कान्छी श्रीमतीको हत्या गरी कैद सजाय भोगिरहेका विक आइतबार साँझ घरमै मृत भेटिका हुन् ।

उनको जेठी श्रीमती र छोराछोरी भए पनि घरमा नभएको छिमेकीले जनाएका छन् ।

आफ्नै एक तले घरमा प्लास्टिकको डोरीमा झुण्डिएको अवस्थामा विकको शव फेला पारिएको कास्की प्रहरी प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।

विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ ।

कास्की कारागारबाट फरार भएका २ सय २३ जना कैदीबन्दी अझै फर्किएका छैनन् । उनीहरूलाई प्रहरीले कारागार फर्किन आग्रह गर्दै खोजी कार्यसमेत गरिरहेको छ । तर, आजीवन जेलसजाय तोकिएकासहित जघन्य अपराधका कैदीसमेत फरार छन् ।

विकले कारागार फर्किनुको साटो आत्महत्या रोजेका छन्, यो घटनाले पनि फरार कैदीबन्दीको मानसिकता र समाजमा ब्याप्त त्रासको संकेत गर्ने प्रहरीको भनाइ छ ।

कारागारबाट फरार कैदीबन्दी समाजमा देखा परे प्रहरीलाई खबर गर्न आग्रह गरिएको डिएसपी बस्नेतले बताए ।

कास्की कारागारमा रहेका १७ जनाविदेशीमध्ये ३ जनामात्रै फर्किएका छन् भने १ जना काठमाडौंमा पक्राउ परेका छन् । बाँकी १३ जना अझै फरार छन् ।

१ जना कर्तव्य ज्यानमा आजिवन सजाय भुक्तान गरिएका कैदी पनि फर्किएका छन् भने अर्का एक जना फरार रहेको कास्की कारागार प्रमुख राजेन्द्र शर्माले जानकारी दिए । कर्तव्य ज्यान मुद्दाका आठ जना कैदीबन्दी थिए ।

सबैभन्दा बढी जबर्जस्ती करणी मुद्दा र लागुऔषध मुद्दाका १६–१६ जना छन् ।

चोरी मुद्दाका २५, ज्यान मार्ने उद्योगका ९, अभद्र व्यवहारका ४, सवारीसम्बन्धी, कुटपिट र मानव बेचबिखन मुद्दाका १/१ जना रहेको कारागार प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?