News Summary
Generated by OK AI. Editorially reviewed.- इन्दु बर्मा, हेलिशा गुरुङ र नीति शाहलाई नेपाल प्रिमियर लिग दोस्रो संस्करणका लागि फेस अफ द राइनोज घोषणा गरिएको छ।
- चितवन राइनोजले पहिलो संस्करणका मार्की खेलाडी कुशल मल्लसहित ६ खेलाडीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको छ।
- नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म सञ्चालन हुने छ।
४ कात्तिक, काठमाडौं । चितवन राइनोजले नेपाली महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, बागमती प्रदेशकी क्रिकेटर हेलिशा गुरुङ र अभिनेत्री नीति शाहलाई नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणका लागि फेस अफ द राइनोजका रूपमा घोषणा गरेको छ ।
टोलीले मंगलबार दुई खेलाडी र एक अभिनेत्री लाई ‘फेस अफ द राइनोज’ घोषणा गरेको हो ।
पहिलो संस्करणको एलिमिनेटरमा कर्णाली याक्ससँग पराजित भएर चौथो भएको चितवन राइनोजले मार्की खेलाडी तथा कप्तान रहेका कुशल मल्लसहित रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह राउटेला र गौतम केसीलाई दोस्रो संस्करणका लागि रिटेन गरेको थियो ।
अक्सनमा सबैभन्दा धेरै पर्स रकम रहेको चितवनले देव खनाल, अर्जुन साउद अनुबन्ध गर्दा बिपिन रावल, बिपिन आचार्य र रन्जित कुमारलाई विशलिस्टबाट अनुबन्ध गरेको थियो ।
एनपीएलको दोस्रो संस्करण मंसिर १ गतेदेखि २७ गतेसम्म हुँदै छ ।
प्रतिक्रिया 4