+
+
Shares

शहीदका तस्वीरमा भाइटीका लगाउँदै जेनजी अगुवाले गरे एकताको अपिल

‘शहीदका सपना साकार पार्न जेन–जी आन्दोलनमा एकताको अनिवार्यता रहेको भन्दै उनीहरूले शहीदका रगतले लेखिएको इतिहास खेर जान दिन नहुने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ६ गते १७:३८
Photo Credit : नेपाल फोटो लाइब्रेरी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २३ र २४ भदौमा भएको दुई दिने जेन–जी आन्दोलनका अगुवाहरूले जेन–जी समूहरूबीच एकताको अपिल गरेका छन्।
  • जेन–जी युनाइटेड परिवर्तन समूहले माइतीघरमण्डलमा शहीदहरूको सम्झनामा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरेको थियो।
  • कार्यक्रममा शहीद परिवार, घाइते, जेन–जी अगुवा र अभियन्ता सहभागी थिए र उनीहरूले शहीदका सपना साकार पार्न एकताको अनिवार्यता औँल्याए।

६ कात्तिक, काठमाडौं। २३ र २४ भदौमा भएको दुई दिने जेनजी आन्दोलनका अगुवाहरूले जेनजी समूहरूबीच एकताको अपिल गरेका छन् ।

जेनजी युनाइटेड परिवर्तन समूहले जेनजी आन्दोलनका शहीदहरूको सम्झना काठमाडौंको माइतीघरमण्डलमा आयोजना गरेको सामूहिक भाइटीका कार्यक्रममा अगुवा र अभियन्ताहरूले एकताको अपिल गरेका हुन् ।

‘जेनजी एक नभए शहीदका आत्मा भौतारिइरहन्छन्, घाइतेका हृदयहरू कहिल्यै निको हुने छैनन् र नेपाल आमाका आँखामा आँशु कहिल्यै सुक्ने छैन’ लेखिएको ब्यानर प्रदर्शन गर्दै उनीहरूले जेनजीको एकता भाँड्न प्रयास भइरहेको चर्चा गरे ।

शहीदका सपना साकार पार्न जेनजी आन्दोलनमा एकताको अनिवार्यता रहेको भन्दै उनीहरूले शहीदका रगतले लेखिएको इतिहास खेर जान दिन नहुने बताए ।

शहीदका नाममा स्वार्थको खेल हुन सक्ने आशंका व्यक्त गर्दै उनीहरूले शहीदका सपना साकार पार्नु बाँचेकाहरूको कर्तव्य रहेको सन्देश लेखिएका प्लाकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

सहभागी अधिकांशले नेपाली झन्डा शरीरमा ओढेका थिए । कार्यक्रममा शहीदहरूका लहरै राखिएका तस्वीरहरूमा भाइटीका लगाइ सम्झना गरिएको थियो ।

कार्यक्रममा शहीद परिवार, घाइते, जेनजी अगुवा, अभियन्ता लगायत उपस्थित थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?