+
+
Shares

भारतले रूससँग तेल किन्न पूरै कम गरेको ट्रम्पको दाबी

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसी तेल किन्न पूरै कम गर्दै गएको दाबी गरेका छन्।
  • ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग पनि रूसी तेल खरिद विषयमा कुरा गर्ने बताएका छन्।
  • ट्रम्पले भारतविरुद्ध अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएका छन्।
  • भारतले कूल ५० प्रतिशत अमेरिकी ट्यारिफको सामना गरिरहेको छ।

९ कात्तिक, काठमाडौं । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रूसी तेल किन्न पूरै कम गर्दै गएको दाबी गरेका छन् ।

एयरफोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले रूसी तेल खरिदका विषयमा आफूले चीनका राष्ट्रपति सी जिनपिङसँग पनि कुरा गर्ने बताए ।

एशियाली देश भ्रमणका लागि मलेसिया प्रस्थान गर्नुअघि ट्रम्पले एक हप्ते भ्रमणमा निस्कनुपूर्व उनले भने, ‘चीनले रूसी तेल खरिद गर्न निकै कम गर्दै गएको छ भने भारतले पूर्णरुपमा कम गर्दै गएको छ ।’

यसअघि पनि ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग आफूले कुरा गरेको र भारतले रूससँग तेल खरिद गर्न कम गर्ने दाबी गरेका थिए । तर, भारतीय विदेश मन्त्रालयले ट्रम्प र मोदीबीच कुराकानी नभएको भन्दै खण्डन गरेको थियो । ट्रम्पले भने सोही भनाइ पुन: दोहोर्‍याएका छन् ।

 रूसी तेल खरिद गरेको भन्दै ट्रम्पले भारतविरुद्ध अतिरिक्त २५ प्रतिशत ट्यारिफ लगाएका छन् । जसले गर्दा अहिले भारतले कूल ५० प्रतिशत अमेरिकी ट्यारिफको सामना गरिरहेको छ ।

एशिया भ्रमणमा निस्किएका ट्रम्पले दक्षिण कोरियामा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम छ । सोही भेटमा आफूले चिनियाँ राष्ट्रपति सी सँग रूसी तेल खरिदको विषय कुरा उठाउने बताएका बीबीसीले उल्लेख गरेको छ ।

यसअघि ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुससँग सम्झौता गर्न चीनको मद्दत लिन चाहेको बताएका थिए ।

 रूसको सबभन्दा ठूलो सहयोगी हो चीन । युक्रेन युद्धका कारण पश्चिमी देशले लगाएको प्रतिबन्धको चपेटमा रहेको रूसका लागि चीन अहिले निकै ठूलो सहारा बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?