+

कर्णाली याक्स र प्लम्बर पाइप्सबीच सम्झौता

२०८२ कात्तिक  ९ गते १८:३९ २०८२ कात्तिक ९ गते १८:३९
कर्णाली याक्स र प्लम्बर पाइप्सबीच सम्झौता

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि प्लम्बर पाइप्ससँग सह-प्रायोजन सम्झौता गरेको छ।
  • कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ।
  • ज्ञानेन्द्र मल्ललाई मुख्य प्रशिक्षक र राजु बस्नेतलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा निरन्तरता दिइएको छ।

९ कात्तिक, काठमाडौं । काठमाडौ । कर्णाली याक्सले स्ट्रेन्थ पार्टनरको रुपमा प्लम्बर पाइप्ससँग सह-प्रायोजनका लागि सम्झौता गरेको छ । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणको लागि भएको हो ।

आइतबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजित कार्यक्रममा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र प्लम्बर पाइप्सका म्यानेजिङ डाइरेक्टर नितिन जालानले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

जय बागेश्वरी रोटो मोल्डिङ इन्डस्ट्रिजले यो कम्पनी २०७१ सालदेखि नेपालमा ल्याएको हो ।

प्लम्बर पाइप्सका डाइरेक्टर निरज जालानले कर्णाली याक्ससँग जोडिनु गौरवको विषय रहेको बताएका छन् । ‘ प्लम्बर पाइप्स प्लम्बिङ प्रणालीको लागि एक प्रसिद्ध ब्रान्ड हो । नेपालको अग्रणी प्लम्बिङ ब्रान्ड प्लम्बर पाइप्सले कर्णाली याक्ससँग प्रायोजकको रूपमा हात मिलाएको छ,’ कम्पनीका डाइरेक्टर जालानले भने, ‘हाम्रो देशको प्रमुख खेलकुद प्रतियोगिता एनपीएल र कर्णाली याक्ससँग जोडिनु गर्वको कुरा हो । यसबाहेक हामी हाम्रो देशमा खेलकुदको उन्नतिमा योगदान पु¥याउने आशा गर्छौं ।’

कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा याक एण्ड यति तथा सह प्रायोजकमा नेबिकोसँग सम्झौता गरिसकेको छ ।

पहिलो संस्करणमा दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको कर्णाली याक्सले मंसिर १ देखि सुरु हुने दोस्रो संस्करणमा अझ राम्रो प्रदर्शन गर्ने लक्ष्य राखेको छ ।

त्यसका लागि तयारी तिव्र बनाएको कर्णाली याक्सले दुई विदेशी खेलाडी स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अस्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ ।

यस्तै दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै मुख्य प्रशिक्षकमा निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।

कर्णालीले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

कर्णाली याक्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय