+
+
Shares

शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन गृहमन्त्री मधेश जाने

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ९ गते १८:४७

९ कात्तिक, काठमाडौं । शान्ति सुरक्षाको अवस्था र चुनावका लागि आवश्यक तयारीबारे जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल मधेश प्रदेशको भ्रमणमा जाने भएका छन् ।

मन्त्री अर्यालसँगै भ्रमणदलमा उद्योग र कानुनमन्त्री अनिलकुमार सिन्हा, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र गृहसचिव रामेश्वर दंगाल पनि रहनेछन् ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाबारे बुझ्न उनीहरू भोलि (सोमबार) जनकपुर प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

सोमबार र मंगलबार गरी उनी दुई दिन मधेशमा रहनेछन् । त्यस क्रममा उहाँले सुरक्षा निकायका विभिन्न कार्यालय अवलोकन, सरकारी कार्यालयका प्रमुखहरूसँग अन्तर्क्रिया गर्नेछन् ।

यस्तै उनी छठसम्बन्धी कार्यक्रममा पनि सहभागी हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?