+
+
Shares

विराटनगरमा छठको उत्सव (तस्वीरहरू)

हरि अधिकारी हरि अधिकारी
२०८२ कात्तिक १० गते १७:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आज कात्तिक १० गते अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्वको पहिलो दिन मनाइँदैछ।
  • मधेश प्रदेशसहित देशका विभिन्न जिल्लामा पोखरी तथा नदी किनारमा छठ घाट तयार पारिएको छ।
  • विराटनगरको हाटखोलास्थित सिंघिया घाटमा व्रतालुहरूले सूर्यदेव र षष्ठीदेवीको आराधना गरिरहेका छन्।

१० कात्तिक, विरानगर । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज र भोलि छठ पर्व मनाइँदैछ । आज पहिलो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ ।

विराटनगरको हाटखोलास्थित सिंघिया घाटमा पनि यतिबेला व्रतालुहरू अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छन् ।

छठ पर्वका लागि केहीदिन अघिदेखि नै पोखरी तथा नदी किनारलाई सरसफाइ गरेर सजाइएको छ ।

मधेश प्रदेशसहित देशका विभिन्न जिल्लामा अहिले पोखरी तथा नदी किनारमा तयार पारिएका छठ घाटमा व्रतालु एवं भक्तजन भीड देखिन्छ ।

वर्तालुहरूले पूजा सामग्री राखेर छठ घाटमा बसिरहेको देखिन्छ ।

सूर्यदेव र षष्ठीदेवी (छठीदेवी) को आराधना गरिने चार दिने यो पर्वको आज मुख्य दिन मानिन्छ ।

कात्तिक शुक्ल चौथीका दिन गत शनिबार ‘नहायखाय’ विधिबाट पर्व सुरु गरेका वर्तालुले दोस्रो दिन आइतबार ‘खरना’ विधि सम्पन्न गरेका थिए ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?