News Summary
Generated by OK AI. Editorially reviewed.- नेदरल्याण्ड्सका ओपनर ब्याटर म्याक्स ओ'डाउडले कर्णाली याक्सबाट दोस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
- कर्णाली याक्सले म्याक्स ओ'डाउडसहित स्कटल्यान्डका मार्क वाट र अष्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरेको छ।
- कर्णाली याक्सले ज्ञानेन्द्र मल्ललाई प्रशिक्षक र राजु बस्नेतलाई कन्सल्ट्यान्ट प्रशिक्षकमा राखेको छ।
१० कात्तिक, काठमाडौं । नेदरल्याण्ड्सका ओपनर ब्याटर म्याक्स ओ’डाउडले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् ।
कर्णाली याक्स स्पोट्स प्रालीले डच ब्याटर म्याक्स ओ’डाउडलाई एनपीएलको दोस्रो संस्करणको लागि अनुबन्ध गरेको हो ।
कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि नेदरल्यान्ड्सका अनुभवी ब्याटर अनुबन्ध गरेको जानकारी गराएका छन् ।
यसअघि कर्णाली याक्सले स्कटल्यान्डका स्पिनर मार्क रोबर्ट जेम्स वाट र अष्ट्रेलियाका विलियम बोसिस्टोलाई अनुबन्ध गरिसकेको छ ।
‘हामीले ओपनिङ ब्याटिङ जोडी मजबुद बनाउने योजनासहित एसोसिएट राष्ट्र नेदरल्यान्ड्सका म्याक्सलाई अनुबन्ध गरेका हौं,’ निर्देशक घिमिरेले भने, ‘उनी त्रिविको मैदान र नेपाली खेलाडीसँग राम्रोसँग परिचित छन् । त्यसले हामीलाई पक्कै फाइदा पुग्नेछ ।’
कर्णालीले अष्ट्रेलियन अलराउण्डर बोसिष्टोलाई लगातार दोस्रो पटक एनपीएलका लागि सम्झौता नवीकरण गर्दा मार्क वाट र म्याक्स ओ डाउडले पहिलो पटक एनपीएल खेल्दैछन् ।
३१ वर्षीय म्यान्स ओ डाउडले नेदरल्यान्ड्सबाट ८७ टी–२० खेल खेलिसकेका छन् । जसमा उनले २ हजार तीन सय ९ रन बनाएका छन् । उनले एक सतकसहित १६ अर्धसतक बनाएका छन् ।
कीर्तिपुरको मैदानमै उनले मलेसियाविरुद्ध ७३ बलमा करियरकै ठूलो स्कोर अविजित एक सय ३३ रन बनाएका थिए । उनले नेदरल्यान्ड्सको लागि ६५ एकदिवसीय खेलमा दुई हजार १५३ रन बनाइसकेका छन् ।
दोस्रो संस्करणको लागि कर्णाली याक्सले आफ्नो तयारी तीव्र बनाएको छ । कर्णालीले ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।
कर्णाली याक्सले पहिलो संस्करणमा दोस्रो क्वालिफायरसम्मको यात्रा तय गरेको थियो ।
दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ भने कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् ।
कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
प्रतिक्रिया 4