+
+
Shares

विराटनगरमा यसरी समापन भयो छठ, प्रदेशमा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते ९:४१

११ कात्तिक, विराटनगर । सूर्यको पूजा आराधना गरी मनाइने छठपर्व मंगलबार बिहान उदाउँदो सूर्यलाई  अर्घ्य दिएर समापन भएको छ ।

छठ पूजाका लागि विराटनगरका केशलीया, सिंघिया खोला र सुनसरी मोरङ सिचाइँ आयोजनाको नहरसँगै पोखरीहरु सिंगारिएको थियो । सोमबार नदी र तलाउ किनार पुगेर अस्ताउँदो सूर्यलाई अर्घ्य  दिइएको थियो । मंगलबर उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ समापन भएको हो ।

उदाउँदो सूर्यलाई नदी किनारमा बसी पूजा आराधनासहित गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ सम्पन्न हुने धार्मिक विधि छ ।

छठको मुख्यदिन सोमबार संघीय सरकारले विदा दिएको थियो ।

छठ समापन भएको दिन मंगलबार कोशी प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।  गत वर्ष पनि प्रदेश सरकारले छठ समापनकाे दिन बिदा दिएकाे थियाे ।

तस्वीरहरू : हरी अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?