+
+
Shares

बंगालको खाडीमा सक्रिय भयो ‘मोन्था’ चक्रवात, नेपालमा कस्तो असर पर्छ ?

बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक शक्तिशाली हुँदैछ । जसका कारण भारतमा भारी वर्षा हुनेछ भने केही दिनमा नेपालमा पनि वर्षा गराउनेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १०:४६

११ कात्तिक, काठमाडौं । भारतीय मौसम विभागले बंगालको खाडीमा सक्रिय चक्रवात ‘मोन्था’ आज (मंगलबार) अधिक शक्तिशाली भएर गम्भीर चक्रवाती आँधीमा परिणत हुने बताएको छ ।

जसका कारण आन्ध्र प्रदेशको तमिलनाडुका केही भागमा भारी वर्षा हुनसक्ने विभागको भनाइ छ । चक्रवात आज आन्ध्र प्रदेशको तटीय क्षेत्र पार गर्ने अनुमान गरेर आन्ध्र प्रदेश, ओडिशाका केही भूभागका लागि चक्रवातको चेतावनी जारी गरिएको छ ।

भारतीय मौसम विभागले जारी गरेको बयानमा भनिएको छ, ‘चक्रवाती आँधी बेलुका वा रातमा आन्ध्र प्रदेशको काकिनाडा नजिक मछलीपट्टनम र कलिंगपट्टनमको बीचको तट पार गर्न सक्छ ।’

विभागका अनुसार त्यो समयमा हावाको गति ९०-१०० किलोमिटर प्रति घण्टासम्म पुग्न सक्नेछ । मौसम विभागले सोमबार ‘मोन्था’ को प्रभावबाट महाराष्ट्रको विदर्भ क्षेत्रमा २८ देखि ३० अक्टोबरको बीच मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको बताएको थियो ।

‘मोन्था’को प्रभाव नेपालमा पनि देखिनेछ । मौसमविद्हरूका अनुसार भारतमा सक्रिय भएको केही दिनमै यो नेपालमा प्रवेश गर्नेछ ।

बंगालको खाडीमा विकसित भएको यो प्रणाली पूर्वी नेपालमा प्रवेश गर्नेछ । बिहीबार यो पूर्वी नेपालमा सक्रिय हुने पूर्वानुमान छ । यसको प्रभाव कोशी प्रदेशका साथै मधेश हुँदै मध्य नेपालसम्म पर्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?