+

कर्णाली याक्सको सह प्रायोजकमा एसियन पेन्ट्स

२०८२ कात्तिक  ११ गते १६:४८ २०८२ कात्तिक ११ गते १६:४८
कर्णाली याक्सको सह प्रायोजकमा एसियन पेन्ट्स

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली याक्सले एसियन पेन्ट्सलाई नेपाल प्रिमियर लिग दोस्रो संस्करणको सह प्रायोजकको रुपमा भित्राएको छ।
  • सम्झौता पत्रमा कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्सका मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले हस्ताक्षर गरेका छन्।
  • कर्णाली याक्सले तीन विदेशी खेलाडी जेम्स वाट, म्याक्स ओ डाउड र विलियम बासिष्टोसँग अनुबन्ध गरेको छ।

११ कात्तिक, काठमाडौं । कर्णाली याक्स एसियन पेन्ट्सलाई सह प्रायोजकको रुपमा भित्राएको छ ।

मंगलबार काठमाडौंको याक एण्ड यति होटलमा आयोजिक एक कार्यक्रममा कर्णाली याक्स प्राली र एसियन पेन्ट्सबीच सम्झौता भएको हो । कर्णाली याक्समा निर्देशक गृहेन्द्र घिमिरे र एसियन पेन्ट्स मार्केटिङ सहायक प्रवन्धक आस्था सत्यालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणका लागि यो सम्झौता गरिएको हो । सम्झौता रकम भने खुलाइएको छैन ।  हो । सम्झौता कार्यक्रममा एसियन पेन्ट्सको तर्फबाट मार्केटिङ सहायक प्रवन्धक अङ्किता श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

कर्णाली याक्समा निर्देशक घिमिरेले पेन्ट्ससँग जोडिन खुसी भएको बताउँदै दवस्रो संस्करणका लागि तयारी अघि बढेको बताए । ‘एसियन पेन्ट्सलाई जोड्न पाउँद खुसी छौँ । दोस्रो सिजनको लागि हामी तयार छौ ।’

एसियन पेन्ट्स नेपाल नेपालका अन्तर्राष्ट्रिय पेन्टहरु उत्पादन गर्ने एक प्रमुख उत्पादक हो । एसियन पेन्ट्सका उत्पादनहरु नेपालमा सबैभन्दा बढी रुचाइएको छ । एसियन पेन्ट्सले आफ्नो बजार एसियासँगै अफ्रिका, मिडल इष्ट, साउथ प्यासिफिक र साउथ प्यासिफिकमा पनि बिस्तार गरेको छ ।

यसअघि कर्णाली याक्सले हस्पिटालिटी पार्टनरमा काठमाडौको होटल याक एण्ड यति, नेबिको र प्लम्बर पाइप्ससँग सम्झौता गरेको छ ।

कर्णाली याक्सले ट्रफी टुर कर्णाली प्रदेशका विभिन्न शहर, धार्मिक स्थल र पर्यटकीय क्षेत्रमा २ नोभेम्बर र ट्यालेन्ट हन्ट ५ नोभेम्बरमा आयोजना गर्दैछ ।

दोस्रो संस्करणमा पनि कर्णालीले ज्ञानेन्द्र मल्ललाई नै प्रशिक्षकमा निरन्तरता दिएको छ । टोलीको कन्सल्ट्यान्ट प्रशिक्षकमा राजु बस्नेत छन् । कर्णाली याक्सले मार्की सोमपाल कामीसँगै गुल्सन झा, नन्दन यादव, विपिनप्रसाद शर्मा, दीपेन्द्र रावत, अर्जुन घर्ती र युनिससिंह ठकुरीलाई रिटेन गरेको छ । अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।

यस्तै, कर्णालीले तीन विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ । कर्णालीले अस्ट्रेलियाका विलियम बासिष्टोसँग सम्झौता नवीकरण गर्दा जेम्स वाट र म्याक्स ओ डाउडलाई अनुबन्ध गरेको हो । वाट र डाउडले पहिलो पटक एनपिएल खेल्दैछन् ।

कर्णाली याक्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय