१३ कात्तिक, काठमाडौं । जमैकाको इतिहासमा सबैभन्दा शक्तिशाली समुद्री आँधी ‘मेलिसा’ ले क्यारेबियन द्वीपमा भीषण विनास निम्त्याएको छ ।
तीव्र गतिको हावा र भारी वर्षाले घरहरूसँगै आधारभूत संरचनाहरूमा ठूलो क्षति पुर्याएको छ ।
भारी वर्षापछि आएको बाढीले कयौं मानिसहरूको मृत्यु भएको बीबीसीले जनाएको छ । कति जनाको मृत्यु भएको हो भन्ने पूर्ण विवरणा भने आइसकेको छैन ।
जमैकामा यसका असर सबभन्दा बढी बुधबार देखिएको बताइएको छ । समुद्री आँधी ‘मेलिसा’बाट हाइटीमा पनि बाढी जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ ।
जमैकामा कयौं मानिसहरू अहिले पनि घरको छतमा फसेका छन् भने विद्यतु आपूर्ति ठप्प भएको छ ।
प्रधानमन्त्री एन्ड्रयु होलनेसले पूरे देशमा ‘पूर्ण ध्वंश’ को स्थिति रहेको बताएका छन् । आँधीपछि अधिकांश भागमा अँध्यारो छाएको र फोन सेवा ठप्प भएको समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4