+
+
Shares

गोलभेँडाको भाउ बढ्यो, किलोको कति ?

भारतीय ठूलो गोलभेँडाको भाउ पनि आज बिहीबार प्रतिकिलो ५ रुपैयाँले बढेर ७० रुपैयाँमा किनबेच भइरहेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते ११:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार बिहीबार स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ।
  • नेपाली ठूलो गोलभेँडाको भाउ बुधबार प्रतिकिलो ५५ रुपैयाँबाट बिहीबार ६४ रुपैयाँ पुगेको छ।
  • भारतीय ठूलो गोलभेँडाको भाउ पनि बुधबार ६५ रुपैयाँबाट बिहीबार ७० रुपैयाँ पुगेको छ।

१३ कात्तिक, काठमाडौं । स्थानीय बजारमा गोलभेँडाको भाउ बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले बिहीबार गोलभेँडाको भाउ बढेको देखाएको हो ।

कालीमाटी बजारमा आज नेपाली ठूलो गोलभेँडाको भाउ प्रतिकिलो थोकमा औसत ९ रुपैयाँ बढेको छ ।

बुधबार प्रतिकिलो ५५ रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज ६४ रुपैयाँमा किनबेच भइरहेको छ ।

भारतीय ठूलो गोलभेँडाको भाउ पनि आज बिहीबार प्रतिकिलो ५ रुपैयाँले बढेर ७० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो बुधबार भने भारतीय ठूलो गोलभेँडा प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै लोकल गालभेँडाको भाउ पनि प्रतिकिलो १५ रुपैयाँले बढेको छ । हिजो बुधबार २७ रुपैयाँमा किनबेच भएको लोकल गोलभेडाँको मूल्य आज किलोको ४२ रुपैयाँ कायम छ ।

टनेलको सानो गोलभेँडा भने आज किलोको ५९ रुपैयाँमा किनबेच भइरहेको छ । हिजो भने प्रतिकिलो ५२ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?