+
+
Shares

जेनजी आन्दोलनमा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्ने समातिए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १३ गते १२:०६
सांकेतिक फोटो

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लगाउँदै लुटपाट र आगजनी गर्दै हिँड्ने तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक घर भएका १८ वर्षीय रिहान गुरुङ, नुवाकोट घर भएका १८ वर्षकै समीर श्रेष्ठ र रामेछाप घर भएका १७ वर्षीय दिवस बस्नेत छन् ।

प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई गोकर्णेश्वरको तालिनचोकबाट बुधबार पक्राउ गरेको हो ।

उनीहरुले जेनजी आन्दोलनको क्रममा प्रहरीको बर्दी लुटेर लगाउँदै आगजनी र तोडफोड गरेको आरोप छ ।

सीसीटिभी फुटेजका आधारमा पहिचान गरेर उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?