News Summary
Generated by OK AI. Editorially reviewed.- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग ट्रफी टुरको दोस्रो चरण लुम्बिनी र बाँकेमा नोभेम्बर १ र २ मा आयोजना गर्नेछ।
- टुरमा लायन्सले भैरहवा विमानस्थलबाट सुरु गरी माया देवी मन्दिर, सिद्धार्थ रंगशाल, बुद्ध चौक लगायत स्थानहरू भ्रमण गर्नेछ।
- लुम्बिनीले दोस्रो सिजनका लागि अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।
१४ कात्तिक, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) ट्रफी टुरको दोस्रो चरण लुम्बिनीमा सुरु गर्दै छ। लुम्बिनीले शनिबार र आइतबार (नोभेम्बर १ र २) मा टुर आयोजना गर्ने भएको हो ।
टुरको उद्देश्य लुम्बिनी र बाँकेका विभिन्न स्थानमा पुगेर स्थानीय समर्थकहरूसँग भेटघाट गर्ने र प्रतियोगिताको उत्साह बाँड्ने रहेको बताइएको छ।
यो दुई दिन लामो टुरमा लायन्सले लुम्बिनी र बाँकेका प्रमुख शहर र सांस्कृतिक स्थलहरू भ्रमण गर्नेछन्। टिमले यस यात्रामार्फत स्थानीय समुदायसँग नजिकको सम्बन्ध बनाउने र क्षेत्रीय गौरव प्रकट गर्ने जनाएको छ।
पहिलो दिन शनिबार बिहान ९:३० बजे ट्रफी टुर भैरहवा विमानस्थलबाट सुरु हुनेछ। त्यसपछि टिमले माया देवी मन्दिर, सिद्धार्थ रंगशाल, बेलहिया सुनौली, बुद्ध चौक, स्टार क्रिकेट एकेडेमी, मणिग्राम, कालिका नगर, मिलन चौक, ट्राफिक चौक, गोल पार्क र सिद्ध बाबा लगायत स्थानहरू भ्रमण गर्नेछ।
दोस्रो दिन बिहान ७:०० बजे बेल्बासबाट सुरु हुने टुरले बाँकेसम्मको यात्रा तय गर्नेछ। सो दिन टिमले लमही, घोराही, भालुबाङ, तुल्सीपुर, कोहलपुर र नेपालगञ्जको बगैश्वरी मन्दिरलगायत स्थानहरूमा पुग्नेछ।
लुम्बिनी लायन्सले यो केवल ट्रफीको यात्रा मात्र नभएर लुम्बिनीको गौरव र नेपाली क्रिकेटको उत्सव भएको जनाएको छ ।
लुम्बिनीले दोस्रो सिजनका लागि अस्ट्रेलियाका डार्शी शर्ट र इटालीका थोमस ड्राकालाई विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
गत सिजनका मार्की तथा कप्तान रोहित पौडेलसँगै सन्दीप जोरा, विवेक यादव, तिलकराज भण्डारी, अभिशेष गौतम र दिनेश अधिकारीलाई रिटेन गरेको लुम्बिनीले अक्सनबाट दिलिप नाथ, विशाल पटेल र शेर मल्ललाई अनुबन्ध गर्दा विश लिस्टबाट दुर्गेश गुप्ता र आदिल खान अनुबन्ध गरेको छ ।
एनपीएलको दोस्रो संस्करण आगामी मंसिर १ देखि सुरु हुँदैछ ।
 
                    










 २०८२ कात्तिक  १४ गते ८:४९
                        २०८२ कात्तिक  १४ गते ८:४९                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4