+
+
Shares

धनकुटाको तीनघुम्तीमा बस पल्टियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १४ गते १०:३१

काठमाडौं । कोशी राजमार्ग अन्तर्गत धनकुटाको धनकुटा नगरपालिका–९ तीनघुम्तीमा यात्रुबस दुर्घटना भएको छ ।

झापाको दमकबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको प्र.१–०२–००१ ख ९५१९ नम्बरको सप्तकोशी यातायातको बस सडक किनारमै पल्टिएको हो ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका–३ की ५५ वर्षीया मिना गुरुङ घाइते छिन् । उनलाई उपचारका लागि धनकुटा जिल्ला अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

बसमा रहेका अन्य २६ यात्रुको अवस्था सामान्य छ ।

बस दुर्घटनाको कारण खुलेको छैन । केही पड्किएको जस्तो आवाज आएको र बस अनियन्त्रित भई पहाडको भित्तातर्फ सडक किनारमा पल्टिएको यात्रुहरुले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?