News Summary
Generated by OK AI. Editorially reviewed.- दक्षिण अफ्रिकाका स्टार ब्याटर एबी डिभिलियर्सले नेपाल प्रिमियर लिग २०२५ मा विराटनगर किङ्सबाट खेल्ने सम्भावना देखिएको छ।
- विराटनगर किङ्सले शुक्रबार विहानदेखि एबीडीको सम्भावित सहभागितासँग सम्बन्धित पोस्टहरू राखेको छ।
- विराटनगरले एबीडीको सहभागिताबारे आधिकारिक घोषणा गर्न बाँकी रहेको छ।
१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर एबी डिभिलियर्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ मा विराटनगर किङ्सबाट खेल्ने सम्भावना देखिएको छ ।
टोलीले शुक्रबार विहानदेखि ठुलो घोषणा भन्दै पोस्टहरू राखिएको छ । शुक्रबारको तेस्रो हिन्टमा देखिएको फोटोसँग एबीडीको फोटो मेल खाएको छ ।
पहिलो र दोस्रो हिन्टमा आईपीएल र सीपीएल विजेता भनिएपनि तेस्रो हिन्टमा ट्रफीतर्फ ध्यान नदिन भनिएको छ ।
यद्यपी विराटनगरले यसबारेमा आधिकारिक घोषणा भने गर्न बाँकी छ । खेलाडी घोषणा आजै गरिनेछ ।
आक्रामक ब्याटिङका लागि परिचित एबीडीले आईपीएलमा आरसिबीबाट लामो समय खेलेका थिए ।
 
                    










 २०८२ कात्तिक  १४ गते १४:५६
                        २०८२ कात्तिक  १४ गते १४:५६                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4