+

दिपा शाहीले पनि बंगलादेशको नसरिनबाट खेल्ने

२०८२ कात्तिक  १५ गते २२:५५ २०८२ कात्तिक १५ गते २२:५५
दिपा शाहीले पनि बंगलादेशको नसरिनबाट खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाही बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट साफ महिला क्लब च्याम्पियनसिपमा खेल्ने भएकी छन्।
  • प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ र उद्घाटन खेलमा पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।
  • प्रतियोगितामा पाँच देशका क्लबहरू सहभागी छन् र शीर्ष २ टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ।

१३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी मिडफिल्डर दिपा शाहीले पनि साफ महिला क्लब च्याम्पियनसिपमा बंगलादेशको नसरिन स्पोर्ट्स क्लबबाट खेल्ने भएकी छन् ।

क्लबले बिहीबार सामाजिक सञ्जालमा पोस्ट राख्दै उनलाई च्याम्पियनसिपका लागि अनुबन्ध गरिएको जनाएको हो । यसअघि पूजा रानासमिक्षा घिमिरे पनि नसरिनमा अनुबन्ध भइसकेका छन् ।

प्रतियोगिता डिसेम्बर ५ देखि सुरु हुनेछ । उद्घाटन खेलमा  पाकिस्तानको कराँची सिटी एफसी र भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीबीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगितामा दक्षिण एसियाका पाँच देशका क्लबहरू : बंगलादेशको नसरिन स्पोर्ट्स एकेडेमी, भुटानको ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी, भारतको इस्ट बंगाल एफसी, नेपालको एपीएफ फुटबल क्लब र पाकिस्तानको कराची फुटबल क्लब सहभागी रहेका छन्।

राउन्ड रोबिन लिगमा खेलाइने प्रतियोगिताको शीर्ष २ मा रहने टोलीबीच उपाधिका लागि भिडन्त हुनेछ ।

समिक्षा घिमिरे
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय