+
+
Shares

राष्ट्रपति पौडेल कतार प्रस्थान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते ७:१२

१७ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको कतार भ्रमण प्रस्थान गर्दैछन् । आज बिहान ९: १० बजे पौडेल त्रिभुवन विमानस्थलबाट कतार प्रस्थान गर्न लागेका हुन् ।

उनी सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलेपमेन्ट विषय कार्यक्रममा सहभागी हुन त्यसतर्फ जान लागेका हुन् । राष्ट्रपति पौडेलसहितको टोलीले यही कात्तिक २० गतेसम्म कतारको औपचारिक भ्रमण गर्नेछ ।

गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलको कतार भ्रमण स्वकृत गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?