News Summary
Generated by OK AI. Editorially reviewed.- महालक्ष्मी विकास बैंकले सेयरधनीका लागि चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको छ।
- लाभांशमा करसहित नगद ५.३७ प्रतिशत र बाँकी ५ प्रतिशत सेयर बोनस रहने बैंकले जनाएको छ।
- नेपाल राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट स्वीकृत भएपछि लाभांश प्रदान गरिनेछ।
१७ कात्तिक, काठमाडौं । महालक्ष्मी विकास बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।
बैंकको सोमबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई चुक्ता पूँजीको कुल १०.३७ प्रतिशत लाभांश घोषणा गरेको हो । ४४ करोड ५५ लाख रुपैयाँ बराबर लाभांश प्रदान हुने बैंकले जनाएको छ ।
घोषित लाभांशमध्ये करसहित नगद लाभांश ५.३७ प्रतिशत रहेको छ । बाँकी ५ प्रतिशत सेयर बोनस प्रदान हुने बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारणसभाबाट स्वीकृत भएपश्चात लाभांश प्रदान हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4