+
+
Shares

जेनजीबारे शंकर पोखरेल- मोबाइलको लत बसेकाहरू गलत तत्वबाट प्रयोग भए

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १३:५१
तस्वीर : शंकर गिरी/अनलाइनखबर

१७ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले गत २३ र २४ भदौमा भएको आन्दोलनमा मोबाइलको लत बसेका युवाहरूलाई गलत तत्वले प्रयोग गरेको दाबी गरेका छन् ।

प्रेस चौतारी नेपालले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।

‘बरु भात छाड्न सक्ने, परिवार छाड्न सक्ने तर मोबाइल छाड्न नसक्ने युवालाई गलत तत्वले प्रयोग गरे,’ उनले भने, ‘सूचना प्रविधिप्रतिको आशक्ति, लत कस्तो तहमा पुगेको छ भन्ने कुरालाई गलत तत्वले प्रयोग गरेको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’

जेनजीहरूले त्यतिबेला अघि सारेको मुद्दा अनुचित नभएको तर माग पूरा गर्नका लागि कुनै पनि समूह नेतृत्व बनेर नआएको जिकिर गरे ।

‘जेनजीका नवयुवाले अघि सारेका माग अनुचित थिएनन् । त्यो सरकारले पूरा गर्न नसक्ने कुरा पनि होइन । तर, उनीहरूले राखेका माग सरकारसमक्ष प्रस्तुत नै भएन,’ पोखरेलले भने, ‘कसले आन्दोलनको नेतृत्व गरेको भन्ने पूर्ववर्ती सरकारलाई जानकारी नै भएन ।’

साथै, उनले पूर्ववर्ती सरकारले कनै पनि चासो देखाएन भन्ने जबरजस्त भाष्य स्थापना गर्न खोजेको भन्दै त्यसप्रति आपत्ति जनाए ।

‘सामान्य कुरामा पनि सरकारले किन चासो राखेन भन्ने जबरजस्त भाष्य स्थापित हुन खोज्दैछ । अहिले जसरी चर्चा गर्न खोजिएको छ त्यो उचित थिएन,’ पोखरेलले भने, ‘परिस्थितिलाई आफ्नो स्वार्थ अनुकूल अघि बढाउन घटना बढाइएको थियो भन्ने पछिल्ला घटनाक्रमले पुष्टि गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?