१७ कात्तिक, काठमाडौं । पार्टी एकता गर्ने निर्णय लिएका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका तीन शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका हुन् ।
उनीहरू नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा छलफलमा जुटेका हुन् ।
पार्टी एकताको सहमतिपश्चात थप महत्त्वपूर्ण छलफलका लागि उनीहरू जुटेको नेताहरूले बताएका छन् ।
हिजोमात्रै माओवादी–समाजवादीसहित आठ दलले एकता गर्ने घोषणा गरेका थिए ।
पार्टीको चुनाव चिन्ह तारा राखेका यी आठ दलले नाम भने घोषणा गरेका छैनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4