News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ।
- सुनको भाउ अघिल्लो दिनको २ लाख ३९ हजार ७ सय रुपैयाँबाट १४ सय रुपैयाँले घटेको छ।
- चाँदीको भाउ पनि प्रतितोला ४५ रुपैयाँले घटेर ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।
१८ कात्तिक, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा १४ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ३९ हजार ७ सय रुपैयाँ थियो । असोज मसान्तपछि सुनको भाउ क्रमिक रुपमा ओरालो लागेको छ । असोज ३१ गते २ लाख ५८ हजार रुपैयाँ पुगेको थियो ।
चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । अघिल्लो दिन ३ हजार ६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३०१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ । असोज ३१ गते चाँदी प्रतितोला ३३५० रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4