+
एसिया कप विवाद :

राउफलाई दुई खेलको प्रतिबन्ध, सूर्यकुमारलाई जरिवाना

२०८२ कात्तिक  १८ गते २१:४३ २०८२ कात्तिक १८ गते २१:४३
राउफलाई दुई खेलको प्रतिबन्ध, सूर्यकुमारलाई जरिवाना

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले एसिया कप २०२५ मा आचारसंहिताको उल्लंघन गरेको भन्दै पाकिस्तानका पेस बलर हारिस राउफलाई दुई खेलको प्रतिबन्ध लगाएको छ।
  • राउफले भारतविरुद्धका तीन खेलमा अनुचित हाउभाउ देखाएका कारण चार डिमेरिट पोइन्ट पुगेपछि दुई खेलका लागि निलम्बनमा परेका हुन्।
  • भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ भने साहिबजादा फर्हानलाई चेतावनी र एक डिमेरिट पोइन्ट दिइएको छ।

१८ कात्तिक, काठमाडौं । पाकिस्तानका पेस बलर हारिस राउफलाई एसिया कप २०२५ का क्रममा आचारसंहिताको उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले दुई खेलको प्रतिबन्ध लगाएको छ।

आईसीसीका अनुसार राउफले गएको २४ महिनामा चार डिमेरिट पोइन्ट पाएका छन्। यी अंक भारतविरुद्धका तीन खेल (सेप्टेम्बर १४, २१ र २८) मा भएका घटनाहरूका कारण थपिएका हुन्।

सेप्टेम्बर १४ को खेलमा राउफले भारतीय समर्थकतर्फ अनुचित हाउभाउ देखाएका थिए, जसलाई भारतको सैनिक कार्यवाहीको व्यंग्यको रूपमा लिइएको थियो।

आईसीसी म्याच रेफ्री रिची रिचर्डसनले गरेको सुनुवाइपछि राउफलाई म्याच फीको ३० प्रतिशत जरिवाना र थप दुई डिमेरिट पोइन्ट दिइएको हो। चार डिमेरिट पोइन्ट पुगेपछि उनी स्वतः दुई खेलका लागि निलम्बनमा परेका हुन्।

यस कारण अब राउफले नोभेम्बर ४ र ६ मा दक्षिण अफ्रिकाविरुद्ध हुने एकदिवसीय खेल गुमाउनेछन्।

त्यसै खेलमा भारतीय कप्तान सूर्यकुमार यादवलाई पनि यस्तै कारणले म्याच शुल्कको ३० प्रतिशत जरिवाना गरिएको छ।

पाकिस्तानका ओपनर साहिबजादा फर्हानले अर्धशतक मनाउँदा बन्दुक चलाउने शैलीमा उत्सव मनाएको कारण उनलाई चेतावनी र एक डिमेरिट पोइन्ट दिइएको छ।

आईसीसीको कारवाही सूर्यकुमार यादव हारिस राउफ

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय