१९ कात्तिक, काठमाडौं । तत्कालीन नेकपा (माओवादी)का पूर्वनेता लोकेन्द्र विष्ट मगरले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आफू सम्पर्कमा नरहेको प्रष्ट्याएका छन् ।
माओवादी नेता जनार्दन शर्मा पार्टी परित्याग गरेर गएपछि कार्यकर्ता पंक्तिले पूर्वमन्त्री विष्टलाई पार्टी एकीकरणका क्रममा समेट्नु पर्ने आवाज उठाइरहेका बेला उनले फेसबुकमार्फत् प्रष्टीकरण दिएका हुन् ।
उनी सक्रिय राजनीतिबाट निकृय हुनुको कारणमध्ये नेता शर्मासँगको तिक्त सम्बन्धलाई लिइन्छ । शर्माले माओवादी छाडेपछि कार्यकर्ता तहबाट विष्टलाई पार्टीमा फर्काउनु पर्ने आवाज उठिरहेको छ ।
‘एकदिन कमरेड प्रचण्डले फोन गरेर भन्नुभयो– बाबुराम निस्कनुभो, अब आउनुहोस्,’ विष्टले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अनि मैले भनेँ- बाबुराम र मेरा बीचमा कुन वर्ग दुश्मनी थियो र ?, त्यसपछि हाम्रो कुराकानी भेटघाट छैन ।’
प्रतिक्रिया 4