+
+
Shares

काभ्रेको मण्डनदेउपुरमा टिपर दुर्घटना, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १४:२५

१९ कात्तिक, काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–६ स्थित कोदारी भिरमा आज बिहान टिपर दुर्घटना भई आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ ।

बा५ख ४०७२ नम्बरको टिपर हेलम्बु राजमार्गको सडकबाट ६० मिटर तल खसेर दुर्घटना हुँदा २८ वर्षीय चालक किसिम राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मण्डनदेउपुर–७ झगारपुर निवासी चालक ‘स्टेरिङ’मा जलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवीन विष्टले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा टिपरका सहचालक सोही वडाका २२ वर्षीय विक्रम राई गम्भीर घाइते भएका छन् ।

घाइते राईको शरीरका विभिन्न भाग जलेकाले थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको प्रहरी प्रवक्ता विष्टले जानकारी दिए ।

उनका अनुसार प्रहरीले दुर्घटना तथा आगलागीबारे थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?