+
लिग २ क्रिकेट :

यूएईविरुद्ध नेपालको मध्यम योगफल

२०८२ कात्तिक  १९ गते १५:११ २०८२ कात्तिक १९ गते १५:११
यूएईविरुद्ध नेपालको मध्यम योगफल

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईविरुद्ध ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको छ।
  • भीम सार्कीले सर्वाधिक ४८ रन बनाए भने कुशल मल्लले ४५ रन बनाए।
  • नेपालले लिग २ मा १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा रहेको छ।

१९ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत यूएईमा जारी ओडिआई शृंखलाको अन्तिम खेलमा नेपालले यूएईविरुद्ध मध्यम योगफल खडा गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको हो ।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए । कुशल मल्लले ४५ रन बनाए । दीपेन्द्रसिंह ऐरीले ३७, आसिफ शेखले ३४ तथा आरिफ शेखले ३० रन बनाए ।

यूएईका ध्रुव पराशरले १० ओभरमा २८ रन दिएर २ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ३६ रन दिएर २ विकेट लिए । मुहम्मद जवादुल्लाहले पनि २ विकेट लिँदा जाहिद अलीले १ विकेट लिए ।

नेपालले जारी शृंखलामा यसअघि लगातार तीन हार बेहोरेको छ । पहिलो खेलमा नेपालले अमेरिकासँग १०६ रनको लज्जास्पद हार बेहोरेको थियो ।

त्यस्तै दोस्रो खेलमा बिहीबार यूएईसँग ५ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा अमेरिकासँग ४ विकेटले पराजित भएको थियो ।

लिग २ को तालिकामा हाल अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्ष स्थानमा छ भने नेपाल १९ खेलमा १२ अंक जोडेर सातौं स्थानमा छ । यूएई ८ अंक जोडेर पुछारमा छ ।

नेपाल र यूएई नेपाली क्रिकेट लिग २ क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय