News Summary
Generated by OK AI. Editorially reviewed.- ग्राण्ड स्टार्सले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा ट्रेनिङ ग्राउण्डलाई ४२-३९ ले पराजित गर्दै विजयी सुरुवात गरेको छ।
- साइपाल एकेडेमीले जेभियर इन्टरनेसनल कलेजलाई ८०-१८ को फराकिलो अन्तरले पराजित गरेको छ।
- प्रतियोगिताको उद्घाटन नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले गरेका छन् र शीर्ष तीनले नगद पुरस्कार पाउने छन्।
१९ कात्तिक, काठमाडौं । ग्राण्ड स्टार्स र साइपाल एकेडेमीले समृद्धि खुला महिला बास्केटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा बुधबार सुरु भएको प्रतियोगिताको सिनियरतर्फ पहिलो खेलमा ग्राण्डे स्टार्सले ट्रेनिङ ग्राउण्डलाई ४२-३९ को साँघुरो अन्तरले पराजित गरेको हो ।
पहिलो क्वाटरमा ट्रेनिङ ग्राउण्डले १५-६ को अग्रता बनाएको थियो । तर कायम राख्न सकेन । त्यसपछि भने ग्राण्डले खेलमा पुनरागमन गर्दै बाँकी तीन क्वाटर क्रमश: १६–११, १०–६, १०–७ स्कोरले आफ्नो पक्षमा पार्दै गर्दै जित हात पारेको हो ।
दुवै टिममा राष्ट्रिय टिमका खेलाडीहरु समावेश भएकोले खेल प्रतिस्पर्धात्मक बनेको थियो । तेस्रो क्वाटरसम्म दुवैले समान ३२ अंक स्कोर गरेका थिए । तर निर्णायक क्वाटरमा तीन अंकको अग्रता बनाउदै ग्राण्डले जित हात पारेको हो ।
ग्रान्डेकी रिन्चेन मोक्तानले सर्वाधिक १० स्कोर गरिन् । उनी एन्जल्स प्लेअर अफ दि म्याच घोषित भइन् । यस्तै सिनियरतर्फ दोस्रो खेलमा साइपालले जेभियर इन्टरनेसनल कलेजलाई ८०–१८ को फराकिलो अन्तरले पराजित गर्यो ।

चारै क्वाटरमा साइपालले एकपक्षिय अग्रता बनाएको थियो । साइपालले क्रमशः १८–१०, २४–४, १९–४, १९–० अंक स्कोर गरेको थियो । साइपालकी दिभा महर्जनले सर्वाधिक ३३ अंक जोडिन् । उनी आईएमएस प्लेअर अफ दि म्याच घोषित भइन् ।
नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा एन्जल्स हार्ट नेसनल स्कुलको आयोजना सुरु प्रतियोगितामा जुनियर यु–१६ तर्फ पहिलो दिन स्वर्णिमले बौद्ध इन्टरनेसनल स्कुललाई २२–४ ले हरायो । स्वर्णिमकी हिसी ल्हामुले १० अंक बटुलिन् ।
प्रतियोगिताको नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । सिनियर खुला र जुनियर यु–१६ दुवैमा ४–४ टिम सहभागी छन् ।
सिनियर डबल राउण्ड रोविन र जुनियर सिंगल राउण्ड रोविनका आधारमा सञ्चालन हुनेछ । सिनियर खुलामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् ।
प्रतिक्रिया 4