+

एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ

२०८२ कात्तिक  १९ गते २१:१५ २०८२ कात्तिक १९ गते २१:१५
एसियन आर्चरी च्याम्पियन्सिपमा खेल्ने नेपाली टिमको बिदाइ

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २४औं एसियन आर्चरी च्याम्पियनसिप नोभेम्बर ८ देखि १५ सम्म हुनेछ र नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले सहभागिता जनाउनेछन्।
  • विश्व आर्चरी कंग्रेस नोभेम्बर ६ देखि ८ सम्म ढाकामा हुनेछ र राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ र महासचिव रमेशप्रसाद सिवाकोटीले सहभागिता जनाउनेछन्।
  • नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन आर्चरी च्याम्पियनसिप र विश्व आर्चरी कंग्रेसमा सहभागी टोलीलाई बुधबार बिदाइ गरी खेल सामाग्री हस्तान्तरण गर्दै शुभकामना दिए।

१९ कात्तिक, काठमाडौं । २४औं एसियन आर्चरी च्याम्पियनसिपमा नेपालबाट दुई खेलाडीले सहभागिता जनाउने भएका छन् ।

एसियन आर्चरी च्याम्पियन्सीप नोभेम्बर ८ देखि १५ तारिखसम्म हुनेछ । त्यसमा नेपालबाट तिलक पुन मगर र ज्ञानु अवालेले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

यस्तै नोभेम्बर ६ देखि ८ मा ढाकामै हुने विश्व आर्चरी कंग्रेसमा राष्ट्रिय आर्चरी संघका अध्यक्ष दीपकराज गुरुङ, महासचिव रमेशप्रसाद सिवाकोटीले सहभागिता जनाउनेछन् ।

एसियन आर्चरी च्याम्पियनसिप र विश्व आर्चरी कंग्रेसमा सहभागी हुने नेपालका प्रतिनिधिलाई बुधबार बिदाइ गरिएको छ ।

टोलीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार बिदाइ गरे ।

श्रेष्ठले दुवै खेलाडीलाई खेल सामाग्री हस्तान्तरण गर्दै राम्रो प्रदर्शन गर्न शुभकामना दिए ।

एसियन आर्चरी च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय