+

सेफ अली जैबले चितवनबाट एनपीएल खेल्ने

२०८२ कात्तिक  २३ गते १७:५९ २०८२ कात्तिक २३ गते १७:५९
सेफ अली जैबले चितवनबाट एनपीएल खेल्ने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सेफ अली जैब दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजबाट अनुबन्ध भएका छन्।
  • पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेल्दा उनले ९ खेलमा २ अर्धशतकसहित २७५ रन र १२ विकेट लिएका थिए।
  • उनले इंग्ल्यान्डको घरेलु क्रिकेटमा ९८ टी२० खेलमा १६०० भन्दा बढी रन र १८ विकेट लिएका छन्।

२३ कात्तिक, काठमाडौं । इंग्ल्यान्डका ब्याटिङ अलराउन्डर सेफ अली जैबले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटमा चितवन राइनोजबाट खेल्ने भएका छन् ।

चितवनले आइतबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो । उनले पहिलो संस्करणमा सुदूरपश्चिम रोयल्सबाट खेलेका थिए जहाँ टोलीका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी थिए ।

प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भएका उनले प्रतियोगितामा ९ खेलमा २ अर्धशतकसहित २७५ रन बनाए भने १२ विकेट पनि लिए ।

राष्ट्रिय टोलीबाट नखेले पनि इंग्ल्यान्डको घरेलु क्रिकेटमा खेल्ने गरेका छन् । बाँयाहाते ब्याटिङ गर्ने उनले टी२०मा ९८ खेलमा १४० माथिको स्ट्राइक रेटले १६०० भन्दा बढी रन बनाएका छन् । भाइटालिटी ब्लास्टमा मात्रै उनले १४०० भन्दा धेरै रन बनाएका छन् । त्यस्तै स्लो लेफ्ट आर्म बलिङ गर्ने उनले १८ विकेट पनि लिएका छन् ।

उनले बकिङहामसायरको उमेर समूहसहित सिनियर टिम तथा नर्थहाम्पटनसायरबाट खेलेका छन् । त्यस्तै द हन्ड्रेड क्रिकेटमा वेल्श फायर र नर्थन सुपरचार्जर्सबाट खेलेका छन् ।

चितवन राइनोज सेफ अली जैब
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय