+

तीन प्रतियोगिता खेलेर डेढ महिनापछि स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

२०८२ कात्तिक  २१ गते ७:२० २०८२ कात्तिक २१ गते ७:२०
तीन प्रतियोगिता खेलेर डेढ महिनापछि स्वदेश फर्कियो नेपाली क्रिकेट टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली क्रिकेट टोलीले तीन प्रतियोगिता खेलेर ४९ दिनपछि २१ कात्तिकमा काठमाडौं फर्किएको छ।
  • नेपाली टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता र क्यानका सचिव पारस खड्काले विमानस्थलमा स्वागत गरेका छन्।
  • नेपालले वेस्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो र टी-२० विश्वकप छनोटमा च्याम्पियन बनेको थियो।

२१ कात्तिक, काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ । विभिन्न तीन प्रतियोगिता खेलेर नेपाली टोली बिहीबार मध्यराति नेपाल आइपुगेको हो ।

नेपाली क्रिकेट टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, म्यानेजर विनोद दासलगायतले विमानस्थलमा स्वागत गरे ।

नेपाल गत असोज २ मा वेस्ट इन्डिजसँगको ऐतिहासिक शृंखला यूएई प्रस्थान गरेको थियो । प्रस्थान गरेको ४९औं दिनमा नेपाली टोली काठमाडौं फर्किएको हो ।

नेपालले यसबीचमा वेस्ट इन्डिजसँगको शृंखला जितेर इतिहास रचेको थियो भने त्यसपछि ओमानमा भएको टी-२० विश्वकप छनोटमा पनि च्याम्पियन बन्दै विश्वकपको यात्रा तय गर्‍यो ।

त्यसपछि फेरि यूएईमा भएको आईसीसी विश्वकप लिग २ मा भने नेपालको प्रदर्शन खराब रह्यो । नेपालले ४ वटै खेलमा हार बेहोरेको थियो ।

नेपाली खेलाडीहरू अब नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तयारीमा लाग्नेछन् ।

नेपाली क्रिकेट टोली
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय