२१ कात्तिक, काठमाडौं । दल दर्ताको निवेदन दिएको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेताहरू निर्वाचन आयोग पुगेका छन् ।
उनीहरू दल दर्ताका लागि सनाखत गर्नका लागि निर्वाचन आयोग पुगेका हुन् । गत ११ कात्तिकमा ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका थिए ।
उक्त दल दर्ताबारे आयोगको अध्ययनपछि उनीहरू आज सनाखत गर्न पुगेका हुन् ।
विप्लवसहितका नेताहरू केहीबेरअघि आयोग पुगेका हुन् ।
प्रतिनिधि सभाको चुनाव आगामी फागुन २१ गतेका तय भएको छ । त्यसका लागि दल दर्ताको प्रमाणपत्र लिइसक्नुपर्ने समयसीमा यही कात्तिक ३० गतेसम्म छ । त्यसअगावै दल दर्ताको निवेदन दिएका हुन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4