+
+
Shares

मधेशका मुख्यमन्त्री सोनलले विश्वासको मत लिंदै

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २२ गते ९:०७

२२ कात्तिक, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनाले आज विश्वासको मत लिन लागेका छन् । लोसपा नेता सोनल गत असोज २९ गते ६ दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

मुख्यमन्त्रीले विश्वास मत लिने प्रयोजनका लागि आज दिउँसो १ बजे प्रदेश सभा बैठक बोलाइएको छ । १०७ सदस्य मधेश प्रदेश सभामा हाल सत्ता गठबन्धन लोसपाका ८, जसपा नेपालका १८, जनमतका १३, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् ।

सरकारलाई विश्वासको मत कायम राख्न ५४ सिट आवश्यक छ । तर, जनमत भित्रको विभाजन र माओवादीभित्रको आन्तरिक किचलोले मुख्यमन्त्रीले विश्वासको मत पाउने नपाउने निश्चित भइसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?