+

एनपीएल खेल्न नेपाल आइपुगे मिलिन्द कुमार

२०८२ कात्तिक  २२ गते १०:२१ २०८२ कात्तिक २२ गते १०:२१
एनपीएल खेल्न नेपाल आइपुगे मिलिन्द कुमार

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकाका ब्याटर मिलिन्द कुमार आउँदो सिजन नेपाल प्रिमियर लिग क्रिकेट खेल्न नेपाल आइपुगेका छन्।
  • मिलिन्दले २०११ मा दिल्लीबाट भारतीय रणजी ट्रफीमा डेब्यु गरेका थिए र दुई पटक आईपीएल टोलीमा समावेश भएका थिए।
  • काठमान्डुले ६ वटै विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ र मिलिन्दले पछिल्लो तीन सिजन मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेलेका छन्।

२२ कात्तिक, काठमाडौं । अमेरिकाका ब्याटर मिलिन्द कुमार आउदो सिजनको नेपाल प्रिमियर लिग क्रिकेट खेल्न नेपाल आइपुगेका छन् । काठमान्डुले सामाजिक सञ्जालमार्फत उनी आइपुगेको जानकारी दिएको हो ।

कुमारले दिल्लीबाट २०११ मा भारतीय रणजी ट्रफीमा ‘डेब्यु’ गरेका थिए । त्यसपछि उनले सिक्किम, त्रिपुराबाट भारतको घरेलु क्रिकेटमा खेले । मिलिन्द दुई पटक इन्डियन प्रिमियर लिगको टोलीमा समावेश थिए ।

२०१४ मा दिल्ली डेयरडेभिल्सले १० लाख र २०१९ मा रोयल च्यालेन्जर्स बेङलोरले बेस प्राइस २० लाखमा उनलाई लिएको थियो । तर उनले आईपीएलमा खेल्न भने पाएका थिएनन् ।

भर्खरै सम्पन्न लिग २ शृंखलामा पनि उनको प्रदर्शन शानदार रहेको थियो । उनले नेपालविरुद्ध दुवै खेलमा अर्धशतक बनाएका थिए भने यूएईविरुद्ध शतक र अर्धशतक बनाएका थिए ।

२०२१ मा उनी माइनर लिग क्रिकेट हुदैं अमेरिकी क्रिकेटमा स्थापित भएका थिए । उनले पछिल्लो तीन सिजन अमेरिकाको मेजर लिग क्रिकेटमा टेक्सास सुपर किंग्सबाट खेल्दै आएका छन् । मिलिन्दले सबै खाले ट्वान्टी–२० मा ९० खेल खेल्दै १६ सय भन्दा बढी रन बनाएका छन् ।

काठमाडौं स्पोर्टस डेभलपमेन्ट भेन्चर्स प्रालीको स्वामित्वमा रहेको काठमान्डुले ६ वटै विदेशी खेलाडी अनुबन्ध गरिसकेको छ ।

काठमान्डु गोर्खाज मिलिन्द कुमार
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय